निजामति कर्मचारीको प्रश्न : ‘हामीलाई न्याय कसले दिने ?’

news-details

संघीय निजामती विधेयकमा असन्तुष्ट स्थानीय तहका कर्मचारीहरुले मंगलबार पनि राजधानिमा आफ्नो प्रदर्शन जारी राखेका छन् ।

मंगलबार माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका उनीहरुले सरकारसँग न्यायको माग गर्दैै उनीहरुको मुद्दामा सरकारको उपस्थिति खोजेका हुुन् ।

उनीहरुले ‘हामी यहाँ छौँ,खै सरकार कहाँ छ ?’,‘हामीलाई न्याय कसले दिने ?’ ‘अन्तर प्रदेश सरुवा लागु गर’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर गीत, कविता मार्फत रचनात्क प्रर्दशन गरेका थिए ।

संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने, तीनै तहमा कर्मचारीको समान वृति विकास गरिनुपर्ने लगायतका विविध २० बुँदे माग राखेर स्थानीय तहका कर्मचारीहरुले निरन्तर सडक आन्दोलनमा छन् ।

यता स्थानीय तहका कर्मचारीको आन्दोलनलाई समर्थन गर्दै प्रहरी दमनलाई लिएर विभिन्न ५ वटा ट्रेड युनियनहरुले विरोध जनाएका छन् ।

युनियनहरूले विज्ञप्ति जारी गरी घटनाको निन्दा र भर्त्सना गर्दै घाइते कर्मचारीहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, एकीकृत सरकारी कर्मचारी संगठन नेपालका गगनसिंह विष्ट, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अम्बादत्त भट्ट, नेपाल निजामती कर्मचारी युनियनका गोपाल प्रसाद पोखरेल, र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका उपाध्यक्ष विजयकुमार सिंहले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *