इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे भर्चुअल कुराकानी, चाँडै उद्दार गर्ने आश्वासन
- अशोज २२, २०८०
- 0

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, इजरायलको एक बंकरमा ज्यान जोगाएर बसिरहेका नेपाली विद्यार्थीसंग भर्चुअल कुराकानी गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयले उपलब्ध गराएको भिडियोमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्, सर्वदलिय बैठक बोलाएर सकुसल नेपाल फर्काउन आवश्यक पहल गरिरहेको बताए ।
उनले भने ‘मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ । सर्वदलिय बैठक पनि बोलाइएको छ । इजरायली राजदुताबासमा पनि कुरा भइहरेको छ । सायद अहिले परराष्ट्र मन्त्री स्तरमा पनि कुरा होला । यो सबै चाँहि तपाईले त्याँ विद्यार्थीहरुलाई कम्युनिकेट गर्दिनु पर्यो ।’
“सिक्दै कमाउदै’’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टोली प्रमुख विपिन सुवेदीसंगको मेसेन्जरबाट भिडियो सम्बाद गर्दै उनले सरकारले चाँडै आवश्यक काम गर्ने वचन दिए ।
अहिले बङ्करमा सुवेदीले आफूले इजरायलमा रहेका नेपालीलाई नेपालको पछिल्लो तयारीलगायतका विषयमा जानकारी गराएको बताए ।