आज २० औं निजामती सेवा दिवस मनाइँदै
- भदौ २२, २०८०
- 0
आज २० औं निजामती सेवा दिवस मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो ।
नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिकरूपमा यो दिवस मनाउन थालिएको हो ।
विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो ।
हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन् । दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
दिवसको अवसरमा आज बिहान ८ बजे सिंहदरबार परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री पुष्प कमलदाहाल प्रचण्डको उपस्थिती रहनेछ ।
0 प्रतिक्रिया
कास्की अदालतमा रवि लामिछानेको बयान सकियो
पोखराको सूर्यदर्शन सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । उनको […]
स्वदेशी वस्तुको प्रयोग वृद्धि र रुग्ण उद्योग सञ्चालनबारे प्रधानमन्त्रीको चासो
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरुको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा […]
त्रिवि दिक्षान्त समारोहको तयारी पूरा, १४ हजार बढी विद्यार्थी सहभागी हुने
त्रिभुवन विश्वविद्यालको ५० औं दिक्षान्त समारोहमा १४ हजार तीन सय आठ जना विद्यार्थीले प्रत्येक्ष सहभागी जनाउने भएका छन् । भोलि(शनिबार) […]
विद्युत विधेयकले निजी क्षेत्रलाई समेट्न नसकेको गुनासो
पूर्वाधार विकास समितिको बैठकमा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ताहरुसँग छलफल गरिएको छ । शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको […]
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउछौँ : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाइने बताएका छन् । शुक्रबार गृहमन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन […]