वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको अध्यक्षमा जैसी

news-details

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको अध्यक्षमा धनलाल जैसी पुनः निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न साधारण सभा तथा प्रथम अधिवेशनमार्फत अध्यक्षमा जैसी पुनः निर्वाचित भएका हुन् ।

मञ्चको उपाध्यक्षमा ज्ञानबहादुर तामाङ र परमेश्वर अधिकारी, महासचिवमा कुन्छा दोर्जे दिमदोङ, सचिवमा बासु पुडाशिनी, कोषाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन्।

यस्तै मञ्चको सदस्यमा सरस्वती सिग्देल, विजय लामा, नवराज पाण्डे, हरि गिरी, वीरबहादुर शिरीष, सरोज फुयाँल र सुशान्त अर्याल चयन भएका छन्।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यमा सम्पन्नमा कार्यक्रममा अध्यक्षले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

२०६४ सालमा स्थापना भएको संस्थाले पहिलो पटक साधारण सभा तथा अधिवेशन गरेको हो। कार्यक्रममा बोल्दै पूर्व श्रममन्त्री यादवले व्यवसायीहरूमाथि लाग्ने गरेको आरोप अन्त्य गरिनुपर्ने बताए ।

अन्य व्यवसायीको तुलनामा आफूहरू फरक हुनुपर्ने उनको भनाई थियो। ‘कांग्रेस, एमालेका व्यावसायिक भन्दा हामी फरक हुनुपर्छ। हामीले श्रमिकको हितलाई ध्यानमा राख्नुपर्छ,’ उनले भने, ‘श्रमिकहरूलाई पठाएर मात्र हुँदैन। उनीहरूले विदेशमा पुगेपछि त्यही अनुसार काम, सेवा सुविधा पाएको छ कि छैन त्यसमा हामी सचेत हुनपर्छ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *