वैदेशिक रोजगार विभागमा मेलमिलाप केन्द्रको कार्यकक्ष बन्ने, संघका अध्यक्ष भण्डारीले गरे शिलान्यास

news-details

वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको मेलमिलाप केन्द्रको कार्यकक्ष वैदेशिक रोजगार व्यवसायीहरुको सहयोगमा निर्माण हुने भएको छ ।

विभागको बुद्धनगरस्थित कार्यालयमा रहेको उक्त केन्द्र ताहाचलस्थित काठमाडौ शाखामा स्थानानान्तरण हुने तयारीमा रहेकोमा कार्यकक्षको अभाव भएपछि व्यवसायीहरुले उक्त कार्यकक्ष निर्माण गरिदिन लागेका हुन ।

आज एक कार्यक्रमकाबीच विभागको ताहाचलस्थित काठमाडौ शाखा परिसरमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले व्यवसायीहरुको सहयोगमा निर्माण गर्न लागिएको केन्द्रको कार्यकक्ष रहने भवनको शिलान्याश गरेका हुन ।

वैदेशिक रोजगारीको शिलशिलामा समस्यामा परेका श्रमिकको गुनासो सुनुवाई र वैदेशिक रोजगार व्यवसाय विरुद्ध पर्ने उजुरीलाई मेलमिलाप गराइ उजुरी कम गर्ने उद्देश्यले सरकारले उक्त केन्द्र संचालनमा ल्याएको हो ।

व्यवसायीहरुबाट स्वच्छिक रुपमा आर्थिक सहयोग संकलन गरी मेलमिलाप केन्द्रका लागि भवन र कार्यकक्ष बनाउन लागिएको संघले जनाएको छ ।

श्रमिक र व्यवसायीका समस्या सुनुवाईका लागि संघको पहलमा भवन निर्माण गर्न लागेको जानकारी दिदै संघका अध्यक्ष राजेन्द्र भण्डारीले भने –‘हामी सरकारसँग सहकार्य गर्न तयार छौ र श्रमिकहरुसँग पनि सँगै छौ भन्नका लागि हामी आफैले भवन बनाएर कार्यकक्ष तयार गरिदिन लागेका हौ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *