आकर्षणले यो बर्ष शुन्य लागतमा पठायो एक हजार ८ सय ७५ जना कामदार, सरकारलाई सहजिकरण गरिदिन आग्रह

news-details

शुन्य लागतमा वैदेशिक रोजगारमा कामदार पठाउँदै आएको आर्कषण इन्टरनेशनल प्रा.लिले आर्थिक वर्ष ०७९÷०८० मा एक हजार ८ सय ७५ जना कामदार पठाएको छ । कामदारबाट कुनै पनि शुल्क नलिई विदेश पठाइएको आकर्षणले जनाएको छ ।

आकर्षणले गत आर्थिक बर्षमा एक हजार ६ सय ५४ जना पुरुष र २ सय २१ जना महिलासहित एक हजार ८ सय ७५ जना कामदारलाई कुनै पनि खर्च नलाग्ने गरि न्यायोचित नियुक्तिको प्रक्रिया अवलम्बन गरी पूर्णतया शुन्य लागतमा वैदेशिक रोजगारमा पठाएको जनाएको छ

आकर्षण इन्टरनेशनका अध्यक्ष विष्णुबहादुर केसीले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी तथा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाललाई भेट गरेर गत आर्थिक बर्षमा शुन्य लागतमा कामदार पठाएको जानकारीसहितको पत्र बुझाएका छन् ।

मेनपावर कम्पनीहरुले कामदारबाट बढि पैसा असुल्ने गरेको आरोप लागिरहँदा आकर्षणले पूर्णतया शुन्य लागतमा कामदार पठाएर उदाहरण प्रस्तुत गरेकोमा मन्त्रालयका सचिव भण्डारीले आकर्षणको प्रसंसा गरेका छन् ।

कामदार विदेश जाँदा निःशुल्क र पारदर्शी तरिकाले विदेश जान पाउनु पर्छ भन्ने मान्यता आकर्षणको रहेको जानकारी दिदै अध्यक्ष केसीले भने–‘शून्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारीमा जादा श्रमिकहरुको घर परिवारमा आर्थिक भार नपर्नुका साथै राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुग्नेछ ।’

वैदेशिक रोजगारीमा शुन्य लागतमा विदेश पठाउने मेनपावर संस्था र न्यायोचित नियुक्तिको प्रयत्नमा लागेका संस्थाहरुलाई सरकारले हौसला र दक्षता सम्बन्धी अभिवृद्धि गराउन सरकारले सहजिकरण गर्नु पर्ने अध्यक्ष केसीको भनाई छ ।

आकर्षण इन्टरनेशनलका प्रवन्ध निर्देशक मिलन थापाले कामदार विदेश जाँदा लाग्ने सम्पूर्ण खर्चहरुमा भिषा, टिकट, मेडिकल, विमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने जाने गाडी भाडा, खाना, बस्नको व्यवस्थापन एवमं राहदानी वापतको शुल्क समेत भुक्तानी गरिने जानकारी दिए । थापाले भने–‘श्रमिकहरुको सम्पूर्ण हक अधिकार र सुरक्षाको प्रत्याभूति गराउदै शुन्य लागतमा वैदेशिक रोजगारमा पठाइरहेका छौं ।’
आकर्षणले वैदेशिक रोजगारीको लागि मलेसियामा बजारीकरण गर्दा न्यायोचित नियुक्ति गर्न अन्तर्राष्ट्रिय मान्यता प्राप्त रोजगारदाता कम्ंपनीहरुबाट मात्र मागपत्र ल्याई ईच्छुक नेपालीहरुलाई रोजगारीको अवसर प्रदान गर्दै आएको प्रवन्ध निर्देशक थापाको भनाई छ ।

आकर्षणले भोलिका दिनमा पनि शुन्य लागतमा मात्र कामदार वैदेशिक रोजगारमा पठाउने जनाउँदै सरकारले मेनपावरले लिन पाइने सेवा शुल्क परिमार्जन गर्न आवश्यक भएको बताएको छ ।
२०६२ साउन १ गते स्थापना भएको आकर्षणले व्यवसायिक सफलताका साथै सामाजिक काममा पनि अग्रसर बनाइरहेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *