भाषा परीक्षा रोके नेपालीले रोजगारीको अवसर गुमाउने कोरियाको चेतावनी (विज्ञप्तीसहित)

news-details

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले रोजगारीको अवसर गुमाउन सक्ने चेतावनी दिएको छ ।

कोरियाबाट फर्किएका ‘रिटर्नी’हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले आइतबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको र नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने किमउनले स्पष्ट पारेका छन । रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर परे परीक्षा तयारी गर्दै गरेका धेरै युवाले कोरिया रोजगारीको अवसर गुमाउने उनको भनाई छ ।

विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) उतिर्ण गरी पुनः कोरिया जान प्रतिक्षारत नेपालीहरुले आफुहरुलाई छनोट नगरेसम्म भाषा परीक्षा रोक्ने चेतावनीसहित आन्दोलित छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *