पोल्याण्ड पठाईदिन्छु भन्दै ठग्ने एकजना पक्राउ

news-details

वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाईदिन्छु भनेर ठगि गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर कृष्णपुर न.पा वडा नं. ०२ स्थाई घर भई हाल काठमाडौंको महालक्ष्मी न.पा वडा नं. ०१ बस्ने ४२ वर्षका पुष्पराज जोशी रहेको प्रहरीले जनाएको छ ।

भगवती अधिकारीलाई वैदेशिक रोजगारीको लागि आकर्षक तलवसहित पोल्याण्ड पठाईदिन्छु भन्दै एक लाख पँचास हजार रकम लिई सम्पर्क विहीन भएको आरोप छ ।

उजुरीको आधारमा खोजिका लागि खटिएको प्रहरी टोलीले उनलाई काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका जोशीलाई थप अनुसन्धान लागि वैदेशिक रोजगार विभाग ताहाचल, पठाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *