कोरियाबाट फर्किएकालाई पुनः जान विशेष भाषा परीक्षा हुदै (सूचनासहित)
- साउन ५, २०८०
- 0

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पाँच वर्ष दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामदारलाई लक्षित गरी भाषा परीक्षा सञ्चालन हुने भएको छ ।
सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) सञ्चालन गर्न लागिएको ईपीसी कोरिया शाखाले जनाएको छ । यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको हो । भाषा परीक्षा भने आगामी भदौं १८ देखि २९ गतेसम्म हुनेछ । त्यसको नतिजा असोज ३ गते प्रकाशित हुने शाखाले जनाएको छ ।
ईपीएस कोरिया शाखाका अनुसार ईपीएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधि भित्रै स्वैच्छिक रुपमा नेपाल फर्किएकाहरुले मात्र पुनः रोजगारीका लागि अवसर पाउने सुचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना