आकर्षण इन्टरनेशनलले बार्षिकोत्सवको अवसरमा दियो अपाङ्ग पुर्नस्थापना केन्द्रलाई खाद्यान्न तथा शैक्षिक सामाग्री

news-details

आकर्षण इन्टरनेशनल प्रा.लिले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत अपाङ्ग पुर्नस्थापना केन्द्रलाई खाद्यन्न तथा शैक्षिक सामाग्री सहयोग गरेको छ ।

शुन्य लागतमा नेपालीलाई वैदेशिक रोजगारमा पठाइरहेको आकर्षण इन्टरनेशनल व्यवसायिक सफलतासँगै सामाजिक कार्यमा पनि अग्रसर हुँदै आएको छ । बार्षिकोत्सवको अवसरमा सोमबार बिहानै कम्पनीका अध्यक्ष विष्णु केसीको संयोजकत्वमा काठमाडौंको गोकर्णेस्वरमा अवस्थित अपाङ्ग पुर्नस्थापना केन्द्रमा गई अध्यक्ष उदय लिम्बू र बालबालिकाहरुलाई आवश्यक खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण गरेका छन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर विगतदेखि नै गर्दै आएको कार्यलाई निरन्तरता दिनका लागि अपाङ्ग पुर्नस्थापना केन्द्रमा सहयोग गर्न आएको बताउँदै अध्यक्ष विष्णु केसीले सो अवसरमा केन्द्रलाई शैक्षिक सामाग्री, खाद्यन्न, फलफूल लगायतका सामाग्रीहरु उपलब्ध गराएका थिए । घरवारविहीन बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा आकर्षण परिवार एकदमै खुशी महशुस भएको अध्यक्ष केसीले बताए ।

संस्था स्थापनादेखिनै सेवासँगै समाजका लागि पनि केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ विगत ८ वर्षदेखि शुन्य लागतमा श्रमिकहरु वैदेशिक रोजगारमा पठाउँदै आएको बताउँदै अध्यक्ष केसीले आगामी दिनहरुमा पनि सामाजिक कार्यलाई सँगसँगै लिएर सेवा र सहयोगलाई निरन्तरता दिदै जाने प्रतिबद्धता जनाए ।

त्यस्तै अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष उदय लिम्बूले खाद्यन्न तथा शैक्षिक सामाग्री अभाव हुन नदिनका लागि आकर्षण इन्टरनेशनलले आफ्नो वार्षकोत्सवको अवसरमा गरेको सहयोगको प्रसंसा व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यहरु गर्दै जान आग्रह गरे ।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगबाट नै पुर्नस्थापना केन्द्र चलिरहेको बताउँदै अध्यक्ष लिम्बूले अपाङ्ग बालबालिकाहरुको उज्वल भविष्यको लागि अन्य संस्थाहरुबाट पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *