श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई फर्काइएको विरोधमा अध्यागमन कार्यालय अगाडि प्रदर्शन भएको छ ।

विदेश उडन लागेका श्रमिक फर्काइएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन विभाग (फोटोफिचर)

वैदेशिक रोजगार ऐन २०६४ अनुसार सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी संस्थागत रुपमा श्रम स्वीकृत लिएर वैदेशिक रोजगारीमा कुवेत, जोर्डन लगायतका विभिन्न देशहरूमा जान लागेका कामदारहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले केही दिनदेखि बिनाकारण फर्काइरहेको भन्दै आईतवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध प्रदर्शन गरेको हो ।

विदेश उडन लागेका श्रमिक फर्काइएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन विभाग (फोटोफिचर)

अध्यागमनको बिना कारण विदेश जानबाट रोक्ने कदमले व्यवसाय गर्न समस्या हुने भन्दै उनीहरुले बिरोध गरेका हुन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बिना कारण अध्यागमन विभागले कामदार विदेश जानबाट रोकेका कारण विरोध गर्नुपरेको बताए ।

उनले अध्यागमन विभागले नागरिकलाई दिएको दुःख र उनीहरुलाई जान नदिँदा भएको क्षतिपूर्ति नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । उनले अध्यागमनले विना कारण कामदारलाई विदेश जान रोक्ने र दुःख दिने हो भने व्यवसाय नै बन्द गर्ने चेतावनीसमेत दिए ।

विदेश उडन लागेका श्रमिक फर्काइएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन विभाग (फोटोफिचर)

उनले भने, ‘अध्यागमनले विना कारण सम्पूर्ण प्रक्रिया पु¥याएका करिव १९० भन्दा बढीको संख्यामा श्रमिक फर्काएको छ, यसरी फर्काइदा टिकट वापतको ठुलो रकम डुबेको छ, सबै प्रक्रिया पु¥याएर जाँदा पनि अन्तिममा श्रमिक फर्काइन्छ, दुःख दिइन्छ, त्यसको बिरुद्ध हामीले बिरोध गरेका हौँ । ‘बिना कारण दुःख दिइएकोमा हाम्रो विरोध हो ’

विदेश उडन लागेका श्रमिक फर्काइएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन विभाग (फोटोफिचर)

‘हामीले शान्तिपूर्ण आन्दोलन शुरु गरेका छौँ, यदि अध्यागमनले फर्काइरहन्छ भने हामी वैदेशिक रोजागारीमा पठाउने काम केही समयका लागि बन्द गर्नेछौँ । यसको जिम्मा लिएर क्षतिपूर्ति नदिएसम्म यहाँको महानिर्देशकले यसको नैतिक रुपमा जिम्मेवारी लिएर छानबिन गरेर कारबाही नगरेसम्म हामी बन्द गर्नेछौँ । कामदारको जुन क्षति भएको छ, त्यसको क्षतिपूर्ति व्यहोर्नुपर्छ’ अध्यक्ष भण्डारीले भने ।

विदेश उडन लागेका श्रमिक फर्काइएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन विभाग (फोटोफिचर)

संघका महासचिव मेघनाथ भूर्तेलले महानिर्देशकले गरेको ज्यादती विरुद्ध व्यवसायीहरुले विरोध प्रदर्शन गरेको बताए । उनले – ‘भने अध्यागमनको कानमा हावा छिरेको छैन भने हामीले हावा भर्न पनि जानेका छौ ।’
सम्पुर्ण कागजी प्रकृया पुयाएर, श्रम स्वीकृति लिएर बैदेशिक रोजगार जान लागेका सोझा सिधा श्रमिकलाई अध्यागमनले लात हान्ने काम गरेको भन्दै महासचिव भूर्तेलले त्यसको क्षतिपूर्ति अध्यागमनले वहोर्न नमाने निरन्तर विरोध गर्ने चेतावनी समेत दिए ।

विदेश उडन लागेका श्रमिक फर्काइएको विरोधमा वैदेशिक रोजगार व्यवसायीले घेरे अध्यागमन विभाग (फोटोफिचर)

आन्दोलनकारीहरुले अध्यागमनमा हुने अनियमितता छानबिन गर्, अध्यागमनबाट श्रमीक फर्काउने कार्य बन्द गर्, वैदेशिक रोजगारीमा जाने श्रमीकलाई दुःख दिने काम बन्द गर्, भिजिट भिसामा हुने सेटिङ बन्द गर्, अध्यागमनको ज्यादती बन्द गर्, अध्यागमनका महानिर्देशक राजीनामा दे, व्यवसायीलाई दुःख दिने कार्य बन्द गर् लगायतका प्लेकार्ड बोकेर नारा लगाउँदै बिरोध प्रदर्शन गरेका थिए ।
https://cms.rojgarmanch.com/employment/2023/07/56155/