कुवेत उडन लागेका ११० बढी श्रमिक एयरपोर्टबाटै फर्काइयो, व्यवसायी भन्छन–‘अध्यागमनले नियोजितरुपमा तर्साउने काम ग-यो’

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले एयरपोर्टमा रहेको अध्यागमनका कर्मचारीले वैदेशिक रोजगार व्यवसायीहरुलाई तर्साउने र हतोत्साहित गर्ने काम गरेको बताएका छन ।

बुधबार राती सम्पूर्ण प्रक्रिया पु¥याएर कुवेत उडन एयरपोर्ट पुगेका ११० भन्दा बढी नेपाली श्रमिकलाई अध्यागमनले फर्काएपछि अध्यक्ष भण्डारीले यस्तो प्रतिक्रिया दिएका हुन । ‘अध्यागमनका कर्मचारीहरुको दुःख दिने नियत जारी छ, आजै विहान पनि केहि श्रमिक फर्काइएको खबर छ, अध्यागमनले असाध्यै ज्याजतिपूर्ण काम गरिरहेको छ’ भण्डारीले भने ।

‘विमानस्थलमा अवस्थित अध्यागमनसँग सेटिङ मिलाएर जादा पास हुने, तर सम्पूर्ण प्रक्रिया पु¥याएर र प्रमाणित कागजात बोकेर जादा फर्काइनुको कारण के हो ?’ भण्डारीले प्रश्न गर्दै भने ‘अध्यागमनका कर्मचारीले कागजात अस्पष्ट भनेर फर्काएको छ, त्यो केहि पनि होइन ।’

भिजिट भिसामा गएर अलपत्र पर्ने क्रम बढेपछि संघले खवरदारी गर्दै आएको र संस्थागतरुपमा पठाउने काम भएकोमा अध्यागमनले नियोजितरुपमै व्यवसायीहरुसँग रिस साध्ने गरी, तर्साउने गरी र यसरी संस्थागतरुपमा पठाउन हतोत्साहित गर्ने गरी विना कारण एयरपोर्टबाट श्रमिकहरु फर्काउने काम गरेको अध्यक्ष भण्डारीको भनाई छ ।

‘वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको अवस्था छ, भिसाहरु प्रष्ट छ, टिकट ओके छ, कतिपय टिकटमा त ओके टु वोर्ड छ, यति गर्दा पनि अध्यागमनका केहि कर्मचारीहरुले नियोजितरुपमा फर्काएका छन’ अध्यक्ष भण्डारीले भने ‘एक जना बराबर करिब ६० हजार रुपैया टिकटको लागि खर्च हुन्छ, ननरिफण्डेबल टिकट थियो सबै खेर गयो, यसको जिम्मेवारी कस्ले लिन्छ ?’ भण्डारीले भने ।

कागजातहरू शंकास्पद देखिएको भन्दै अध्यागमनले फर्काएको थियो

बुधबार राति पौने ११ बजे सलाम एयरबाट रोजगारीका लागि कुवेत जान लागेका ११० भन्दा बढी नेपाली श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले एकसाथ फर्काएको थियो भने आज बिहान पनि कुवेत एयरबाट जान लागेका १६ जनालाई फर्काइएको थियो ।

फर्काइएका श्रमिकहरूलाई थमाइएको पत्रमा लेखिएको छ –‘अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेश गरेको यात्रुसँग सम्बन्धित कागजातहरू शंकास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको ।’

अध्यागमनका अधिकारीहरुले विदेश उडन लागेका श्रमिकहरुले पेश गरेको कागजात माथि शंका लागेर फर्काइएको बताएका छन् । अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले उनीहरूले पेश गरेको कागजातबारे थप बुझ्नुपर्ने भएकोले रोकिएको बताए ।

४ दिनअघि पनि जोर्डन जान लागेका १५ जना श्रमिकलाई अध्यागमनले कागजात शंकास्पद रहेको भन्दै रोकेको थियो । तर, पछि श्रमिकले पेश गरेका कागजातमा कुनै कमजोरी नभएपछि जान दिइयो ।

बुधबार बेलुका फर्काइएकाहरूमा निलकमल मेनपावरबाट २३ जना, इन्डेक्स मेनपावरबाट ४७ जना र युथ मेनपावरबाट ३२ जना लगायत अन्य मेनपावरबाट गरी ११० भन्दा बढी श्रमिक छन् ।

 

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “कुवेत उडन लागेका ११० बढी श्रमिक एयरपोर्टबाटै फर्काइयो, व्यवसायी भन्छन–‘अध्यागमनले नियोजितरुपमा तर्साउने काम ग-यो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *