सबै मेनपावरलाई नविकरणका लागि बाटो खुल्यो, मन्त्रीपरिषद बैठकद्धारा बाधा अडचन फुकुवा

news-details

सरकारले बार्षिक १ सय कामदार वैदेशिक रोजगारीमा पठाउनैपर्ने प्रावधान तत्कालका लागि फुकुवा गरेपछि सबै मेनपावर कम्पनी नविकरण हुने भएका छन ।

आज बसेको मन्त्रीपरिषद बैठकले वैदेशिक रोजगार ऐन २०६४ को दफा ८२ बमोजिम बाधा अडचन फुकाउ प्रयोग गरी बार्षिक १ सय कामदार पठाउन नसकेका मेनपावर कम्पनीको नविकरणका लागि बाटो खुलाएको हो ।

वैदेशिक रोजगार व्यवसायका लागि इजाजतप्राप्त संस्था नविकरणका लागि बार्षिक १ सय कामदार पठाउनैपर्ने सरकारी नीतिका कारण अधिकांश मेनपावर कम्पनी समस्यामा परेका थिए ।

अघिल्लो आर्थिक वर्ष पनि सरकारले बाधा अडचन फुकाउको निर्णय गरी सय जना कामदार पठाउन नसकेका मेनपावर कम्पनी खारेजी हुनबाट जोगाएको थियो ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा १२ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ८ बमोजिम प्रत्यक आर्थिक बर्षको असार मसान्त भित्र वैदेशिक रोजगार व्यवसाय गर्न इजाजतप्राप्त संस्थाले नविकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आजै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बार्षिक १ सय जना कामदार पठाउन नसकेका मेनपावर कम्पनीको नविकरण नरोक्ने व्यवस्थाका लागि आग्रह गरेको थियो ।

संघका अध्यक्ष राजेन्द्र भण्डारी नेतृत्वको प्रतिनिधीमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवसायीहरुका माग सम्बोधन हुने आश्वासन दिएका थिए ।

सरकारले अधिकांश मेनपावर कम्पनी नविकरण नहुने अवस्थाबाट तत्काललाई जोगाएकोमा संघले आभार प्रकट गरेको छ । यस्तै नेपाल ऐन संशोधन कानुनमार्फत उक्त व्यवस्था खारेजीका लागि पनि संघले आग्रह गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *