प्रधानमन्त्रीलाई व्यवसायी संघको ज्ञापनपत्र : एकसय पठाउनु पर्ने व्यवस्था खारेज गर्ने प्रतिवद्धता

news-details

नेपाल बैदेशिक रोजगार व्यवसायी संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट गरी वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समसामयिक समस्यालाई तत्काल समाधान गर्नका लागि अनुरोध गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा संघ कार्यसमितिले प्रधानमन्त्री प्रचण्डलाई मंगलवार भेटी इजाजतपत्र प्राप्त मेनपावरहरुले बार्षिक एक सय जना कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउनका लागि अनुरोध गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सरकारले एक आर्थिक बर्षमा एक सय कामदार वैदेशिक रोजगारमा पठाएमा मात्र मेनपावरको इजाजत नविकरण गर्ने व्यवस्था लागु गरेको हुँदा संघले यो व्यवस्था अब्यवहारिक हुँदा धेरै मेनपावर कम्पनी नविकरण नहुने भएकाले खारेज गर्नका लागि लविङ गरिरहेको छ ।

संघले प्रधानमन्त्री प्रचण्ड सामु बार्षिक सय कामदार पठाउनु पर्ने बाध्यकारी व्यवस्था हटाउन, मागपत्र प्रमाणीकरण सहज बनाउन, मेनपावर कम्पनीले लिन पाउने सेवा शुल्क निर्धारण गर्न, जापान रोजगार र घरेलु कामदार पठाउने सम्बन्धमा ध्यानाकर्षण गराएको महासचिव मेघनाथ भुर्तेलले रोजगार मञ्चलाई जानकारी दिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले व्यवसायीले उठाएका बिषयहरुलाई समाधान गर्ने आश्वासन दिएको संघका महासचिव भुर्तेलले जानकारी दिए । ‘प्रधानमन्त्रीज्यूले पहिला नै क्याविनेटबाट निर्णय भइसकेको एकसय कामदार पठाउनु पर्ने बाध्यकारी नियमलाई खारेज गरिएकोले अव यो विषयमा व्यवसायीले चिन्ता लिन आवश्यक नभएको बताउनु भएको छ’ महासचिव भुर्तेलले भने–‘हाम्रा मागमा प्रधानमन्त्रीले संवोधन गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।’

अहिले विभिन्न घटकका व्यवसायीका समुहहरु एक सयको बाध्यकारी नियम खारेजका लागि राजनीतिक तथा उच्चस्तरीय भेटवार्तामा सक्रिय भइरहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *