१ सय कामदार पठाउनैपर्ने बाध्यकारी व्यवस्था हटाउने पहलका लागि प्रगतिशिल मञ्चको सभामुखलाई आग्रह

news-details

वार्षिक १ सय जना कामदार पठाउनैपर्ने बाध्यकारी नियम हटाउने व्यवस्था लागि सरकार समक्ष पहल गरिदिन भन्दै प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चले सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ ।

मञ्चका अध्यक्ष जनक रावलको नेतृत्वमा गएको प्रतिनिधीमण्डलले सभामुख घिमिरेलाई निवासमै भेट गरेर वैदेशिक रोजगार व्यवसायीहरूले भोग्दै आएको बार्षिक १ सय कामदार पठाउनै पर्ने बाध्यकारी नीति सदाका लागि अन्त्य गर्ने वातावरणका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएको हो ।

सो अवसरमा सभामुख घिमिरेले सरकारले पेश गरेको केही नेपाल ऐन संशोधन कानुन प्रस्ताब यथासिघ्र संसदमा टेबुल गर्ने वचन दिएको मञ्चका अध्यक्ष रावलले बताए ।

मञ्चका अध्यक्ष रावल, सल्लाहकार सुवर्ण श्रेष्ठ तथा कार्यसमितिका पदाधिकारीहरुसहित भेटका लागि गएको प्रतिनिधीमण्डलले सभामुख घिमिरेसमक्ष वैदेशिक रोजगार व्यवसायीहरुले भोग्दै आएका समस्या र त्यसको समाधानका विषयमासमेत छलफल गरेको थियो ।

१ सयको बाध्यकारी नियमका कारण लाइसेन्स नविकरण नहुने अवस्था सिर्जना भएको र करिब २५० भन्दा धेरै ब्यबसायीहरुको व्यवसाय नै धरापमा पर्ने अवस्था रहेकाले मञ्चले यस व्यवस्था हटाउन निरन्तर लागिपरेको जनाएको छ । मञ्चले यसअघि नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पनि भेट गरेर यसै विषयमा ज्ञापनपत्र बुझाएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *