वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षाका लागि कमिटी गठन

news-details

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले वैदेशिक रोजगारीमा गएका महिला कामदारको सुरक्षाका लागि लागि कमिटी गठन गरिएको बताएका छन् ।

मन्त्रालयबाट भएगरेका काम कारवाहीका सम्बन्धमा जानकारी गराउनको लागि आयोजित बैठकमा मन्त्री भण्डारीले राजदूत नभएको देशमा महिला कामदाहरुको सुरक्षाको लागि नेपालमा नै कमिटी गठन गर्ने बताए । उनले कमिटीको माग अनुसार कानूनी रुपमा अघि बढ्ने पनि प्रष्ट पारे ।

उनले भने, जुन जुन मुलुकमा हाम्रो राजदूतहरु छन्, त्यो स्थानमा राजदूतले अध्ययन गरेर मात्रै पठाउने र जुन देशमा छैन् त्यो अवस्थामा त्यो देशको कम्पनी कस्तो छ, के कम्पनी हो, कसले हेर्ने भनेको हो भन्ने खालको समस्या आएको छ त्यसको लागि हामीले नेपालमा नै एउटा कमिटीको व्यवस्था गरेका छौ । त्यो कमिटीले बाहिरको माग थाहा पाएपछि कानूनी रुपमा नै जानुपर्ने हुन्छ भन्ने हिसाबमा हामीले कानून बनाएका छौ त्यो कानून पारित हुन बाँकी छ । ’

मन्त्री भण्डारीले नेपाल सरकारको संसदीय समितिको निर्देशनमा महिला कामदारलाई रोक लगाएको भन्दै यसलाई व्यवस्थित तरिकाले पठाउन सक्ने हो भने देशले फाईदा लिन सक्ने बताए ।

उनले श्रमको स्वीकृति लिएर संस्थागत हिसाबले गएका मानिस र भिजिट, टुरिस्ट लगायत भिसामा व्यक्तिगत स्वीकृति लिएर गएका मानिसको अवस्था फरक हुने हुदाँ सबैलाई कानूनी रुपमा पठाउन प्रयास भईरहेको बताए ।

स्वदेशमा रोगारी सिर्जना गर्ने विषय निकै नै गारो विषय भएको भन्दै १० हजार मेघावाट विद्युत उत्पादनको योजना मार्फत केही हदसम्म स्वदेश मै रोजगार उत्पादन गर्न सकिने मन्त्री भण्डारीको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *