श्रम बजारको समस्या समाधान गर्न सरकारका प्रतिवद्ध छ : श्रममन्त्री भण्डारी

वैदेशिक रोजगार व्यवसाय क्षेत्रको योगदानको कदर सरकारले कहिल्यै गरेन : प्रतिनिधीसभा सदस्य लिम्बु
news-details

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले सरकार र मन्त्रालय वैदेशीक रोजगारका विषयमा उठेका कुराहरुको समाधान गर्ने बाटोमा अगाडी बढेको बताएका छन् ।

आईतवार नेपाल वैदेशीक रोजगार व्यवसायी संघको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले वैदेशीक रोजगारमा उठेका कुराहरुको समस्या पहिचान भईसकेको भन्दै समाधानको बाटोमा अगाडी बढीसकेको बताएका हुन् ।

उनले भने,‘वैदेशिक रोजगारमा अहिलेको सरकारले र मन्त्रालयले उठेका कुराहरु राम्रोसँग बुझेर यो समस्या हो भनेर पहिचान गरेको छ । समाधानको बाटोमा अगाडी बढेको छ ।’
उनले गैरआवसिय नेपाली नागरीकता पाउनेहरुलाई सुविधाको आडमा दुरुपयोग नगर्न आग्रह गरे ।

उनले भने, ‘उनले सुविधाको दुरुपयोग गर्ने छुट तपाईहरुलाई छैन् । गैर आवसीय नेपाली नागरिकता पाउने व्यवस्था छ । त्यसको आडमा सुविधाको दुरुपयोग गर्ने छुट छैन् ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मजाक गरेर बस्ने समय छैन् भनेर आदेश दिएको भन्दै भने, ‘वर्तमान सरकार र सरकारको प्रधानमन्त्रीले हामीलाई पनि र सर्वसाधारणलाई पनि भन्नुभएको छ मजाक गरेर बस्ने समय छैन्। र छुट पनि छैन् । केहि गर्न सकेनौं भने हामी टिक्न सक्दैनौं ।’

यस्तै कार्यक्रममा बोल्दै संघका पूर्वअध्यक्ष तथा प्रतिनिधीसभा सदस्य एलपी सावा लिम्बुले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको योगदानको कदर सरकारले कहिल्यै नगरेको बताए । ‘१७ वर्षअघि मैले यस संस्थाको नेतृत्व गर्दैगर्दा र आज हेर्दा वैदेशिक रोजगारको क्षेत्र जति फराकिलो र जानेहरु सचेत बनिरहेका छन त्यसको ठिक विपरित व्यवसायी र यस व्यवसायप्रतिको कदर जहिको तही छ ।’

‘संख्या तोकेरै यति कामदार पठाउनै पर्ने भन्ने अव्यवहारिक नीति थोपर्ने, आकर्षक गन्तव्यमा कामदारको माग आउदा प्रमाणिकरण गर्ने अधिकार पाएको दुतावासले नगर्दिनु र घरेलु महिला कामदारलाई जान रोक लगाएर सेटिङमा दैनिक सयौको संख्यामा अवैधानिक माध्यमबाट जानुको कारण के हो ?’ लिम्बुले प्रश्न गरे ‘डिमाण्ड प्रमाणिकरण गर्दैन भने एम्वेशीलाई किन त्यो जिम्मेवारी दिने ?, अनि व्यवसायीलाई फ्री भिसा फ्री टिकटको नियम लादेर सरकार आफैले चाहि कोरिया र इजरायल पठाउदा किन फ्रि मा पठाउन नसकेको ?’

यस्तै नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले देशको बेरोजगारी समस्याको व्यवस्थापन र अर्थतन्त्रमा वैदेशिक रोजगार व्यवसायको क्षेत्रले पु¥याएको योगदान अतुलनिय रहेको बताए । उनले महासंघको सबैभन्दा महत्वपूर्ण सदस्य संस्थाकोरुपमा रहेको यस व्यवसायको क्षेत्रलाई राज्यले गम्भिरतापूर्वक लिनुपर्ने बताए ।

संघले साधारणसभामा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पछिल्लो समय दिवंगत भएका निवर्तमान अध्यक्ष विष्णु गैरेसहित ५ जना व्यवसायीका परिवारलाई २ लाख १ रुपैया सम्झना स्वरुप उपलब्ध गराएको थियो भने व्यवसायी चन्द्रसिंह अदैलाई अस्पतालको कोमामा पुगेर सहयोग रकम प्रदान गरेको जानकारी दिएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्षहरुलाई सम्मान गरिनुका साथै चर्चित कलाकार बद्री पंगेनी, राजा राजाराम लगायतको मनोरञ्जनात्म प्रस्तुती रहेको थियो ।

यस्तै संघले बार्षिकोत्सवकै अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ सयभन्दा बढीले रक्तदान गरेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *