दक्षिण कोरिया जाने युवाहरुले घेरे इपीएसको कार्यालय, सम्झौतापत्र बनाउन माग

news-details

दक्षिण कोरिया जानका लागि आवश्यक प्रक्रिया पूरा गरेर पनि जान नपाएकाहरु आन्दोलनमा उत्रिएका छन् ।

कोरिया गएर आएकाहरुले आवश्यक प्रक्रिया पूरा गरेपनि कोरिया जान नपाएको भन्दै इपीएसको कार्यालयले बदमासी गरेको आरोप लगाएका छन् ।

आइतबार ललितपुरको ग्वार्कोमा रहेको इपीएस कार्यालय घेराउ गर्दै कोरिया पठाउने इपीएस कार्यालयले हजारौंको संख्यामा रहेको युवाहरुको भविषयसंग खेलवाड गरिरहेको आरोप लगाए ।

प्रक्रिया पूरा गरेर कोरिया जाने तयारीमा रहेका करिव १ हजारको संख्याका कामदारहरूले एपीएस कार्यालय घेरावन्दी गर्दै सम्झौता पत्र बनाइदिनु पर्ने माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुले भने ‘ आफुहरु कुनै पनि नकारात्मक कार्यहरु गर्न नआएको तर कार्यालयले आफुहरुरुसंग सम्झैता पत्र बनाउनु ढिलाई गर्न हुँदैन ।’

आफुहरु कोरिया गएर आएको र फेरि पास गरेर जाने क्रममा आफुहरुको प्रक्रिया अगाडि नबढाएको भन्दै विरोधमा उत्रिएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *