नेपाली नर्स बेलायत लाने विषयमा स्वास्थ्य मन्त्री र बेलायती राजदूतबीच छलफल

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतसँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोल्लिटबीच बेलायतमा नेपाली नर्स लाने विषयमा भइरहेको प्रगतिको बारेमा छलफल भएको छ ।

भेटका क्रममा दुई देशका बीचमा भएका सहयोगका क्रियाकलापहरु र नेपाललाई स्वास्थ्यलगायत अन्य क्षेत्रमा बेलायतले गरेको सहयोगको बारेमा छलफल भएको स्वास्थ्य मन्त्री बस्नेतले बताएका छन् ।

उनले भने, नेपालका नर्सिङ मेनपावर बेलायत लाने विषयमा छलफल भयो, श्रम मन्त्रालयले हेरिरहेको यो विषय अहिले बेलायतमा छलफल भइरहेको छ, नेपालको नर्सिङ मेनपावरलाई व्यवस्थित र सुरक्षितरुपमा कसरी पठाउन सकिन्छ भन्ने विषयमा गम्भीर छलफल गर्यौं, यस्तै ब्रिटिस गोरखाहरुलाई नेपालमा उपचार गर्ने विषयमा पनि छलफल भयो, यसैगरी बेलायतले एउटा नयाँ कार्यक्रम दिन लागेको छ, विकासका आयोजना अन्तर्गत त्यो कार्यक्रमले नेपालमा सञ्चालन गर्ने भन्ने विषयमा कुराकानी भयो । ’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *