बजेटमा रोजगारी सिर्जनाको कुनै योजना नै छैन : एमाले अध्यक्ष ओली

news-details

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेरोजगारी समस्या सम्बोधन गर्न सरकारले स्पष्ट कार्ययोजना ल्याउन नसकेको आरोप लगाएका छन् ।

मंगलवार प्रतिनिधिसभा बैठकमा उनले प्रत्येक वर्ष नेपाली श्रम बजारमा थपिने चारदेखि पाँच लाख सक्रिय श्रम शक्तिलाई रोजगारीको अवसर दिने योजनानै नल्याएको भन्दै त्यसतर्फ, अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

उनले भने, ‘प्रत्येक वर्ष श्रम बजारमा थपिने चारलाख पचास हजार देखि पाँच लाख सम्मको सक्रिय श्रमशक्तिका लागि देश भित्र कुन क्षेत्रमा कसरी रोजगारी सृजना गर्ने बजेटले घोषणा गर्न सकेन् । रोजगारीका अवसरहरुको सृजना गर्ने प्लानिङ नै छैन।’

उनले अर्थमन्त्रीलाई आफ्नो सम्बोधनलाई नराम्रो नमान्न आग्रह गर्दै कुन क्षेत्रमा कति र कसरी रोजगारी सृजना गर्ने बजेटमा स्पस्ट उल्लेख गर्नुपर्ने र त्यो कुराहरुले नै बजेट अगाडी जान्छ कि पछाडि जान्छ भन्ने कुराको निर्धारण गर्ने समेत उल्लेख गरे ।

आफ्नो सरकार हुँदा ७ प्रतिशत आर्थिक बृद्धिको लागि सिद्धिएको उद्योग र विग्रिएको अर्थतन्त्र सुधार्न त्यहिबाट भिजन सहित संकल्प जगाएको तर यो सरकारले रोजगारी सृजनाको लागि स्पष्ट नगरेको ओलिले जिकिर गरे ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *