श्रम तथा रोजगार क्षेत्रको बजेट घट्यो, ८ अर्ब ८ करोड रुपैयाँ विनियोजन

news-details

सरकारले श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ८ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वदेशमा रोजगारी सिर्जना सरकारको उच्च प्राथमिकतामा परेको बताए।

चालु आवमा श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ९ अर्व १३ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा अहिले त्यो घटाइएको हो ।

सो मन्त्रालयमातहत विभिन्न कार्यक्रम घोषणा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो जानकारी गराएका हुन् ।

बजेट भाषणमार्फत अर्थमन्त्रीले सामाजिक सुरक्षाको दायर बढाउँदै लगिने पनि बताए ।

यस्तै वैदेशिक रोजगारीका नयाँ गन्तव्य पहिचान गरिने, भएका गन्तव्यमा कामदारको न्यूनतम सुविधा सुनिश्चितताका लागि पहल गरिने र अबको जीवन स्वदेशमै भन्ने लक्ष्यका साथ विदेशबाट फर्किएकालाई स्वदेशमै रहेर काम गर्ने वातावरण बनाइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *