नेपाली आरोही पासाङ फुर्वा शेर्पाको नेतृत्वमा अमेरिकाको डेनीला हिमालको आरोहण गरिने

news-details

नेपालका अनुभवी हिमाल आरोहीहरुले अमेरिकाको डेनाली हिमाल आरोहण गर्ने भएका छन् । आज काठमाडौमा पत्रकार सम्मेलन गरी दश जनाको अनुभवी हिमाल आरोहीहरुले नेपालको नाम बिश्व समुदायमा स्थापित गर्न डेनाली हिमाल आरोहण गर्न लागेको जानकारी दिएका हुन् ।

अनुभवी आरोहीको टोलीले अमेरिकी सगरमाथाको सफल आरोहणको ६० औं वार्षिकोत्सवको उपलक्ष्यमा अमेरिका–नेपाल मैत्री आरोहणको दोस्रो संस्करण अनुसार हिमाल आरोहण गर्न लागेका हुन् । टोलीले जुनमा अलास्काको डेनाली हिमाल आरोहण गर्ने बताईएको छ ।

टोलीलाई नेपाल–अमेरिका मित्रताको झण्डा अमेरिकी दुतावासका जन मामिला प्रमुख ग्यारेट ई. विल्करसनले हस्तान्तरण गर्दे अभियानको सफलताको शुभकमना दिए । टोलिको नेतृत्व नेपालका अनुभवी पर्वतारोही पासाङ फुर्वा शेर्पाले गर्ने छन् भने नेपालस्थित अमेरिकी दुतावासका विल्करसन र अमेरिका–नेपाल मैत्री अभियानको पहिलो संस्करणका प्रमुख कर्मा तेन्जिङले समन्वय गर्ने बताईएको छ ।

सगरमाथामा अमेरिकी सफल आरोहणको ६० औं बार्षिकोत्सवको उपलक्ष्यमा डेनाली आरोहणको उद्धेश्य दिगो पर्वतारोहण अभ्यासलाई प्रवद्धन गर्ने, डेनालीमा इको–अभियान प्रविधिहरु सिक्ने र पर्वतारोहण मार्फत दुई राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाउनु रहेको टोलीका नेता पासाङ फुर्वा शेर्पाले बताए । डेनालीमा टोलिको नेतृत्व पासाङ र मार्क परेलाले संयुक्त रुपमा गर्ने छन् ।

टोलीमा बिश्व रेकर्ड होल्डरहरु राष्ट्रिय कीर्तिमानी आरोहीहरु हुनेछन् । सेभेन समिट ट्रेक्सका निर्देशक र एक समर्पित पर्वतारोही जसले पहिले नै आरोहणको उपलब्धि हासिल गरिसकेका छन् । आरोहण गर्ने अनुभवी टोलिमा मार्क परिला, पासाङ फुर्वा शेर्पा, थानेश्वर गुराँगाई, पासाङ गेलु शेर्पा, ग्याल्जेन शेर्पा, छिरीङ पेम्बा शेर्पा, लाक्पा डेण्डी शेर्पा, पेम्बा नुरु शेर्पा, मिङमा टेण्डी शेर्पा र कर्मा तेन्जिङ रहेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *