मेनपावरको सेवाशुल्क र बार्षिक सय जना कामदार पठाउनै पर्ने बाध्यकारी नियम हटाउन आग्रह

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधीमण्डल र अर्थमन्त्री डा प्रकाशशरण महतबीच आज बुधबार भेटवार्ता भएको छ ।

संघका अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा गएको उक्त प्रतिनिधीमण्डलले अर्थमन्त्री महत समक्ष सेवाशुल्क तय र बार्षिक सय जना कामदार पठाउनै पर्ने बाध्यकारी नियम हटाउन आग्रह गरेको छ ।

संघका अध्यक्ष भण्डारीको नेतृत्वमा संघ कार्यसमितिका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकार, विभिन्न संघ(सस्थाका अध्यक्षहरु तथा पदाधिकारीहरु लगायतले नवनियुक्त अर्थमन्त्री महतलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै व्यवसायीहरुले लामो समयदेखि भोग्नुपरेको समस्याहरुका बारेमा ध्यानाकर्षण गराएका हुन ।

भेटवार्तामा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा संघलाई पनि समाबेस गर्नुपर्ने माग व्यवसायीहरुले राखेका थिए ।

व्यवसायीहरुको आग्रहलाई अर्थमन्त्रीले महतले सहर्ष स्वीकार गर्दै आगामी दिनमा संघसँग सहकार्य गरि यस व्यवसायभित्र रहेका समस्या समाधानमा आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेको संघका महासचिव मेघराज भुर्तेलले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *