वैदेशिक रोजगार लक्षित ‘उज्वल सपना’ एप सार्वजनिक

news-details

वैदेशिक रोजगारलाई लक्षित गरेर इसारा इन्स्टिच्युटले ‘उज्जल सपना’ एप सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारलाई पारदर्शी, व्यवस्थित र ठगिरहित बनाउन सुचना तथा जानकारी दिनका लागि इसारा इन्स्टिच्युटले सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालसँगको सहकार्यमा ‘उज्जल सपना’ एप सार्वजनिक गरेको हो ।

काठमाडौंमा मंगलबार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजिब पोखरेल र इसारा इन्स्टिच्युटकी कार्यकारी निर्देशक लिसा रेन्डे टेलरले संयुक्तरुपमा नेपालका लागि ‘उज्जल सपना’ एप सार्वजनिक गरेका छन् ।

कम्बोडिया, म्यानमार, थाइल्याण्ड, मलेसियामा संचालनमा रहेको इसारा इन्स्टिच्युटको ‘गोल्डेन ड्रिम्स’ एपे पछिल्लोरुपमा नेपालमा सार्वजनिक गरिएको जनाइएको छ ।

सरकारी निकाय, गैरसरकारी संस्था, विदेशस्थित रोजगारदाता कम्पनी, मेनपावर व्यवसायी, वैदेशिक रोजगारमा जान चाहने युवा तथा संचारकर्मी माझ सार्वजनिक गरिएको एप मार्फत नेपालबाट मलेसिया जान चाहनेहरुका लागि उपयोगी हुने बताइएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारका लागि फेयर रिक्रुटमेण्ट वा जिरो कष्ट लागु भएपछि यो एप रोजगारदाता, मेनपावर कम्पनी, वैदेशिक रोजगारमा जाने श्रमिक सबैका लागि उपयोगी हुने बताइएको छ । यो एपमार्फत कामदार आफैले वैदेशिक रोजगारको लागि विदेशको कम्पनीको अवसर हेरेर मेनपावर कम्पनीमा आवेदन दिन सक्ने जनाइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *