नेपाली श्रमिकको गुनासो सुन्न सभामुख घिमिरे बहराइनस्थित दूतावासमा

news-details

अन्तर व्यवस्थापिका सङ्घ (आईपीयु)को १४६ औं महासभामा भाग लिन बहराइन पुग्नुभएका सभामुख देवराज घिमिरेले नेपाली श्रमिकको अवस्थाबारे जानकारी लिएका छन ।

बहराइनको मनामास्थित नेपाली दूतावासमा मङ्गलबार बिहान पुगेका सभामुख घिमिरेले राजदूत तीर्थराज वाग्ले, दूतावास अधिकारीलगायतसँग नेपाली श्रमिकको अवस्थाबारे बुधmेका हुन । अधिकारीले बहराइनमा नेपाली श्रमिक न्यूनतम तलबमा काम गरिरहेको, राहदानी नवीकरण र भिसा प्रक्रियामा समस्या झेल्नुपरेको जानकारी दिएका थिए ।

भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईका अनुसार अधिकारीहरुले काठमाडौंमा बहराइनको दूतावास खोल्न सरकारले पहल गर्नुपर्ने धारणा राखेका छन् । सभामुखले बहराइन भ्रमणका क्रममा नेपाली श्रमिकको तलब वृद्धि लगायतका विषयमा आफ्ना समकक्षीसँग कुरा राखेको जानकारी दिएका थिए ।

कार्यक्रममा नेता रमेश लेखक, हितराज पाण्डे, इन्दु कडरियालगायत सहभागी थिए । सभामुख घिमिरे ६ दिनको भ्रमण सकेर बिहीबार स्वदेश फर्किने कार्यक्रम छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *