वैदेशिक रोजगार व्यवसायी संघमा सल्लाहकारहरु मनोनयन

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सल्लाहकार मनोनयन गरेको छ । संघकोे नेतृत्व सम्हालेका राजेन्द्र भण्डारी नेतृत्वको कार्यसमितिले सल्लाहकारहरु मनोनयन गरेको हो ।

संघले व्यवसायीकातर्फबाट पाँच जना तथा वरिष्ठ अधिवक्ताहरूबाट ३ जना कानूनी सल्लाहकारगरी ८ जना सल्लाहकार मनोनयन गरेको छ ।

संघको सल्लाहकारमा निवर्तमान अध्यक्षको हैसियतमा विमल ढकाल, वरिष्ठ वैदेशिक रोजगार व्यवसायीहरू रघुनाथ पुरी, पदमराज पौडेल, सितल यादव र सुवर्ण श्रेष्ठलाई मनोनयन गरेको छ । त्यसैगरी कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता शम्भु थापा, शम्भु निरौला र देवराज कटुवाललाई मनोनयन गरेको छ ।

यसअघि लामो समयदेखि संघको कानूनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता निरौला र कटुवाल थिए भने अहिले बरिष्ठ अधिबक्ता शम्भु थापालाई पनि संघको सल्लाहकारमा मनोनयन गर्नुलाई अर्थपुर्णरुपमा हेरिएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ मा संशोधन तथा व्यवसायीहरुका नीतिगत अफ्ठ्यारा हटाउन आवश्यक रहेकाले वरिष्ठ अधिवक्ताहरुसहितको बलियो टिम बनाइएको संघका अध्यक्ष राजेन्द्र भण्डारीको भनाई छ ।
सल्लाहकार र कानूनी सल्लाहकार मनोनयनसँगै संघले मनोनयन गर्नुपर्ने सबै पदहरू पूर्ति गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *