वैदेशिक रोजगारीमा जाने ५७ प्रतिशतले बढे

news-details

चालु आर्थिक वर्षको ७ महिनामा वैदेशिक रोजगारीमा जाने ५७ दशमतलब ३ प्रतिशतले बढेका छन ।

गत साउनदेखि माघ मसान्तसम्म अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।

यस अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या तीन लाख १४ हजार सात सय ६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १० दशमलब एक प्रतिशतले वृद्धि भई एक लाख ६७ हजार सात सय आठ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या दुई सय ६५ दशमलब नौ प्रतिशतले बढेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *