प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

काठमाडौंको गोकर्णेस्वरस्थित अपाङ्ग पुनस्र्थापना केन्द्रमा होलिको अवसर पारेर मञ्चले उक्त केन्द्रमा आश्रित बालबालिकाहरुसँगै होलि मनाएर ५१ हजार रुपैया आर्थिक सहयोग गर्नुका साथै भोजन गराएको छ ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्धारा अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

संस्थाले अपाङ्ग बालबालिकाहरुका लागि गरेको कार्यको प्रशंसा गर्दै मञ्चका अध्यक्ष जनक रावलले सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजप्रति पनि उत्तरदायी छ भन्ने बुझाउनका लागि मञ्चले अनाथ अपाङ्ग बालबालिकाहरुलाई टेवा पुग्ने गरी आर्थिक सहयोग गरेको जानकारी दिए ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्धारा अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

घरवारविहीन अपाङ्गहरुसँग आएर होली मनाउन पाउँदा घरमा मनाएको भन्दा पनि आनन्द महशुस भएको बताउदै अध्यक्ष रावलले बालबालिकाहरु पनि एकदमै खुशी भएर होली कार्यक्रममा सहभागी हुदा त्यसले आफूमा स्वर्गिय आनन्द प्राप्त भएको बताए ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्धारा अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

अपाङ्ग पुनस्र्थापना केन्द्र नेपालका अध्यक्ष उदय लिम्बुले मञ्चले संस्थालाई आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । उनले मञ्चले आयोजना गरेको होली कार्यक्रममा सबै बालबालिकाहरु रमाउदा आफूलाई एकदमै खुशी लागेको बताउदै आगामी दिनमा पनि यस्ता सहयोगको अपेक्षा गरेको बताए ।

कार्यक्रममा प्रसिद्ध गायक बादल थापाको सांगितिक प्रस्तुती समेत रहेको थियो ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चद्धारा अपाङ्ग पुनस्र्थापना केन्द्रलाई आर्थिक सहयोग

वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ भने आगामी दिनहरुमा पनि यस्ता कार्यहरु निरन्तर गर्दै जाने प्रतिवद्धता मञ्चले जनाएको छ ।