पोखराका मेनपावर शाखाहरुको संघले पायो नयाँ नेतृत्व, अध्यक्षमा सुजन श्रेष्ठ

news-details

वैदेशिक रोजगार शाखा तथा प्रतिनिधि संरक्षण संघ कास्कीको साधारणसभा तथा अधिबेशनले नयाँ नेतृत्व चयन गरेको छ । पोखरा आसपासमा रहेका मेनपावरहरुको शाखाहरुको संगठनमा एयरकिङ रिक्रुटमेण्टका सुजन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।

गन्डकी प्रदेश सरकारका सामाजिक बिकास मन्त्री पन्चराम गुरुङ्गको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको अबिधेशनबाट श्रेष्ठसहित नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमिति सर्बसम्मत बनाउन लामो कसरत असफल भएपछि निर्वाचन नै भएको थियो । निर्बाचन मार्फत अध्यक्षमा सुजन श्रेष्ठ , बरिष्ठ उपाध्यक्षमा घनश्याम गौतम, उपाध्यक्षमा अर्जुन थापा, महासचिव बिक्रम पोख्रेल , सचिब धिराज श्रेष्ठ, कोषाध्यक्ष सागिर अलि, सहकोषाध्यक्ष निरज खनाल लगायत १५ सदस्यीय कार्यसमिति चयन भएको छ ।

कार्यक्रममा मन्त्री गुरुङले आफु पनि बिदेशको भुमिमा पसिना बेचेर आएको अनुभव सुनाउदै श्रम र वैदेशिक रोजगारीको बाध्यता र पीडाका साथसाथै यसले राज्यलाई दिएको योगदानको समेत खुलेर प्रसंसा गरे ।

संरक्षण संघको अधिबेशनमा विशेष अतिथिका रुपमा वैदेशिक रोजगार सघका अध्यक्ष राजेन्द्र भन्डारी पोखरा पुगेका थिए । उनले मेनपावर व्यवसायलाई सम्मानित बनाउनका लागि शाखा तथा प्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने भन्दै अनधिकृत काम नगर्न सुझाव दिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय कास्कीका अधिकृत दिपक रेग्मी, संघका पुर्ब अध्यक्ष तथा सल्लाकार फडिन्द्र बराल, सल्लाहकार रामजीप्रसाद कोइराला, पुर्ब सचिब जगत मोहन गिरि, अधिबक्ता जनकल्याण पराजुली, मेडिकल ब्यबसायी प्रबेसचन्द्र उप्रेती, ढाकामोहन लामिछाने लगायत अतिथिहरुले वैदेशिक रोजगारले देशको अर्थतन्त्र धानेको हुँदा यसलाई व्यवस्थित र मर्यादित बनाउन सुझाव दिए ।

मेनपावरका नाममा बजारमा भएका बिना दर्ताका अफिस, एजेन्ट लगायतले अबैधानिक ढंगले बिदेश पुर्याउने र दुख दिने हुँदा उनीहरुलाई कारवाही गर्नुको सट्टा सबैलाई एउटै बास्केटमा हालेर व्यवहार गर्नु उचित नभएको गुनासो आएको छ ।

संघका निबर्तमान अध्यक्ष सोभित बिकको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन सचिब शा मोहम्मदले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *