प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमिति तथा मिडियालाई सम्मान गरेको छ । मञ्चले गत माघ ६ गते भएको संघको निर्वाचनबाट निर्वाचित कार्यसमिति र सहयोगी संचारमाध्यमलाई सम्मान गरेको हो ।

पुर्वमन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष जनक रावलले गरेका थिए ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)

कार्यक्रममा प्रमुख अतिथि बस्नेतले वैदेशिक रोजगारको क्षेत्र व्यवस्थित र मर्यादित बनाउन सचेत र संगठित हुनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेका वैदेशिक रोजगार व्यवसायीलाई बदनाम गर्न र वैदेशिक रोजगारमाथि अनेक भ्रम छर्न ‘आकाशबाट जाने बाकसमा फर्किने’ टुक्का सिर्जना गरेर समाजमा अन्योल सिर्जना गर्ने प्रयास गरिएको भन्दै नेता बस्नेतले समाजसेवी भावनाले काम गरेर त्यसलाई चिर्न सबै व्यवसायी एकै ठाउँमा उभिनुपर्ने सुझाव दिए ।

वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले डलर भित्र्याउन महत्वपूर्ण भूमिका खेलेकाले उनीहरूको न्यून मूल्यांकन वा अवमूल्यन गर्न नहुने भन्दै बस्नेतले राजनीतिक अस्थिरताका कारणले तत्काल स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न नसकिने वर्तमान अवस्थामा वैदेशिक रोजगारको अन्यका लागि भरपर्दा विकल्प नभएको बताए ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)

आफूले विगतमा संख्या सयलगायत वैदेशिक रोजगार व्यवसायीका समस्या समाधानका लागि काम गरेको र भविष्यमा पनि नीतिगत तथा व्यवहारिक समस्या समाधानका लागि पूर्णरूपमा साथ दिन तयार रहेको भन्दै नेता बस्नेतले व्यवसायीहरूलाई बलियो राजनीतिक शक्ति निर्माण गर्न पार्टीको संगठनमा आवद्ध हुन आग्रह गरे ।

यस्तै कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पार्टी जनसंगठन उपप्रमुख, बागमती प्रदेशकी निवर्तमान मन्त्री रचना खड्काले वैदेशिक रोजगारलाई समाजमा सम्मानयोग्य बनाउन मञ्चले भूमिका खेल्नुपर्ने र संघको नवनिर्वाचित कार्यसमितिले त्यसमा काम गर्नुपर्ने सुझाव दिइन् ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)

नेपालमा आउने रेमिट्यान्स उत्पादनमुलक क्षेत्रमा लगाउन संघको नवनिर्वाचित कार्यसमितिले ध्यान दिनुपर्ने सुझाव दिँदै खड्काले रेमिट्यान्समार्फत वैदेशिक रोजगारले सरकारलाई ठूलो राहत दिएको अवस्थामा व्यवसायीका समस्या पनि समाधान हुनुपर्ने मान्यतामा आफू रहेको उल्लेख गरिन् ।

मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेलले वैदेशिक रोजगार व्यवसाय र व्यवसायीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएको अवस्थामा अनधिकृत युट्युबर वा अन्य पक्षले व्यवसायीमाथि आक्रमण गर्दा सरकारले विज्ञप्ति जारी गरेर मात्रै नहुने भन्दै सरकारले उनीहरूलाई कारबाही गर्नुपर्ने माग गरे । अनधिकृत युट्यबरविरूद्ध खबरदारी गरेर संघले व्यवसायीलाई काम गर्ने वातावरण बनाएकोमा संघको सराहना गर्दै संस्थापक अध्यक्ष पोखरेलले संघले अराजकताविरूद्धको खबरदारीलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

संघको नवनिर्वाचित कार्यसमितिसामु समाधान गर्नुपर्ने धेरै विषय रहेको भन्दै पोखरेलले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा प्रविधिको क्षेत्रमा उल्लेख्य परिवर्तन भएपनि नेपालका वैदेशिक रोजगार व्यवसायी १५ वर्ष पुरानो असान्दर्भिक भइसकेको कानुनबाट प्रसाशित हुनुपर्ने बिडम्बनापूर्ण अवस्था रहेकाले त्यसको परिवर्तनका लागि संघले पहल गर्नुपर्ने बताए ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)

वैदेशिक रोजगारमा कामदार नपठाउने वा वैदेशिक रोजगारलाई नियन्त्रण गर्ने सोचले कसैको हित नगर्ने दाबी गर्दै उनले भने, ‘मजदुर पठाउँदैनौं भनेका कारणले श्रीलंका र पाकिस्तान आर्थिकरूपमा तहसनहस भए, यसलाई बुझेर नीति निर्माण गर्न जरुरी छ, संघको नवनिर्वाचित कार्यसमितिको यसतर्फ पनि गम्भीररूपमा ध्यान जान जरुरी छ ।’

संघका अध्यक्ष राजेन्द्र भण्डारीले सेवा शुल्क परिमार्जन व्यवसायीको पहिलो एजेण्डा भएकाले कामदारले पाउने एक महिनाको तलब बराबरको रकम सेवा शुल्क लिन पाउने व्यवस्थाका लागि सरकारी पक्षलाई दबाब दिने बताए । अध्यक्ष भण्डारीले देशको अर्थतन्त्रमा ३० प्रतिशत योगदान दिने व्यवसायी समाजको केन्द्रमा हुनुपर्नेमा नकारात्मक अवस्थामा हुनु दुखद भएको बताए ।

संघका महासचिव मेघनाथ भुर्तेलले निर्वाचित भएको छोटो अवधिमा संघको कार्यालय व्यवस्थापन, दैनिक कार्यसम्पादन, भवन निर्माणको गृहकार्य, संख्या सय समस्या समाधानको लागि पहल अघि बढाइएको जानकारी दिए ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)

नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघकी उपाध्यक्ष तथा मञ्चकी पूर्वउपाध्यक्ष सुवर्ण श्रेष्ठले व्यवसायीका दैनिक समस्या समाधान गर्न संघको यसपटकको नेतृत्व कोशेढुंगा सावित होस भन्ने अपेक्षा लिएको बताइन् ।

मञ्चका अध्यक्ष जनक रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य राख्दै मञ्चका उपाध्यक्ष दलवीर भण्डारीले संघको नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन मञ्च दृढ रहेको बताए ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चले रोजगार मिडियालाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि एमाले युवा नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले रोजगार मिडिया तथा वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष उद्वव भट्टराईलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)

कार्यक्रममा संघका निर्वाचित पदाधिकारी तथा सदस्यसहित मध्यान्ह दैनिकका सम्पादक मदन श्रेष्ठ, प्रभाव दैनिकका प्रवन्ध निर्देशक कृष्ण कार्की तथा मञ्च कार्यालय सचिव विकाश बस्नेतलाई पनि सम्मान गरिएको थियो ।

प्रगतिशिल मञ्चद्धारा संघको नवनिर्वाचित कार्यसमितिलाई सम्मान, रोजगार मिडिया सम्मानित (फोटो फिचर)