साधारण लेखपढका लागि प्रहरीमा जागिर खुल्यो

news-details

नेपाल प्रहरीले साधारण लेखपढ गर्न जान्नेका लागि ठुलो सङ्ख्यामा जागिरका लागि दरखास्त आव्हान गरेको छ ।

शुक्रवार गोरखापत्र दैनिकमा सूचना प्रकाशन गर्दै प्रहरीले भान्छे, हजाम, सिलाइरबुनाइ र कुचीकारका लागि १३७ जना माग गरेको हो ।

माग गरिएका मध्ये भान्छे ८२ जना, हजाम १५, सिलाइरबुनाइ १०, कुचीकार ३० जना रहेको छ । उक्त पदमा फागुन ३० गतेसम्म दरखास्त दिनु पर्ने सूचनामा उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *