प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीहरुलाई सरकारले विशेष महत्वका साथ हेर्ने बताएका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औ साधारणसभाको उदघाटन गर्दै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीहरुलाई सरकारले विशेष महत्वका साथ हेर्दै वैदेशिक रोजगार व्यवसायको क्षेत्र पारदर्शी र सम्मानित बनाउनका लागि आफुले कुनै कसर बाकी नराख्ने बताएका हुन ।

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

‘विदेशमा गएका श्रमिकहरुको रगत पसिनाबाट देश चल्नुपर्ने अवस्था छ, त्यसकारण पनि हामीले वैदेशिक रोजगारमा गएका श्रमिकहरुलाई उच्च प्राथमिकता दिदै व्यवसायीहरुको काम र व्यवसायलाई पनि विशेषरुपले हेर्नुपर्छ भन्ने महसुस् गरेका छौ’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै समस्या रहेको भन्दै यसको न्यूनिकरणका लागि व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यक्ता औल्याए । उनले भने, ‘वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा थुप्रै समस्या रहेका छन, यो व्यवसाय संवेदनशील पनि छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ । यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाइँहरूको पनि साथ हुनेछ ।’

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

वैदेशिक रोजगार ऐन संशोधन गर्नुपर्ने आवश्यक्ता आफुले पनि महसुस गरेको बताउदै प्रधानमन्त्री प्रचण्डले भने –‘मन्त्रालयमा यस विषयमा विस्तृत जानकारी लिएर ऐन संसोधनको प्रकृया अघि बढाउनेछु ।’
साधारणसभामा बोल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वर्तमान अवस्थामा वैदेशिक रोजगारी रोक्न सम्भव नभएको बताउदै यसलाई सुरक्षित, व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउनुपर्नेमा जोड दिएका छन ।

उनले भने, –‘विश्व व्यापारीकरणको वर्तमान समयमा वैदेशिक रोजगारी रोक्न असम्भव भए पनि यसलाई सुरक्षित मर्यादित व्यवस्थित तथा पारस्परिक लाभको क्षेत्र बनाउन प्रयास गर्न आवश्यक छ ।’

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

मन्त्री अर्यालले वैदेशिक रोजगारीलाई बाध्यात्मक नभएर स्वैच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको उल्लेख गर्दै सीपयुक्त र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने गरी काम गर्ने बताए । उनले भने –‘विदेश जाँदा वा नेपालमै रोजगारी खोज्दा होस् सम्बन्धित क्षेत्रको सीप हासिल गर्नु आवश्यक छ ।’

उनले वैदेशिक रोजगार व्यवसायीहरुलाई पनि विधिसंगत रूपमा व्यवसाय चलाउन आग्रह गर्दै यसो गर्दा सरकारले वैदेशिक रोजगार व्यवसायलाई सम्मानजनक व्यवहार गर्ने बताए ।

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

श्रम सचिव एकनारायण अर्यालले मुलुकको अर्थतन्त्र धानिरहेका वैदेशिक रोजगार व्यवसायीहरुप्रति राज्यले खासै ध्यान दिन नसकेको महसुस गरेर नै श्रम मन्त्रालयले वैदेशिक रोजगार व्यवसाय सहज गराउन काम गरिरहेको बताए ।

वैदेशिक रोजगार ऐनको कारण व्यवसायी तथा श्रमिकहरुले दुःख र हैरानी व्योहोर्न बाध्य भैरहेको सचिव अर्यालको भनाई छ । ‘कामदार पठाउन झन्झटिलो प्रक्रिया र कानुनका कारण ६ महिनासम्म लाग्ने अवस्था छ’ सचिव अर्यालले भने ‘हामीले गन्तव्य सिफ्ट गर्ने भनिरहदा युरोपका विभिन्न देशहरुबाट प्राप्त मागको डिमाण्ड प्रमाणिकरण गर्न नसक्दा खेर गैरहेको छ ।’

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

सचिव अर्यालले वैदेशिक रोजगार ऐन २०६४ र नियमावली क्याविनेटमा लाने तयारी गरिएको जानकारी दिदै भने –‘ऐनमा देखिएका कमीकम्जोरीहरुलाई हामीले तुरुन्तै सुधार गर्नुपर्ने अवस्था, योसँग सम्वन्धित धेरै कानुनहरु संसोधन गर्नुपर्नेछ ।’

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

वैदेशिक रोजगार व्यवसायी भित्र देखिएका कमीकम्जोरीहरु सुर्धान पनि सुझाव दिदै सचिव अर्यालले अव आउने कार्यसमितिले वैदेशिक रोजगारीका नाममा बाहिर भैरहेका विकृति निरुत्साहित गर्न लाग्नुपर्ने र यसमा मन्त्रालयले साथ दिने बताए ।

सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिकहरू सबैलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गर्न कार्यविधि पारित भैसकेकाले यसको तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

संघको साधारणसभामा संघका पूर्वअध्यक्ष प्रेम बहादुर कटुवालले स्वागत मन्तव्य राखेका थिए भने संघका संयोजक विमल ढकालले साधारणसभाको उदघाटन सत्रमा सहभागी सबैलाई आभार प्रकट गर्दै साधारणसभाको उदघाटन सत्र समापन गरेका थिए ।

वैदेशिक रोजगारमा गएका श्रमिक र व्यवसायीलाई सरकारले विशेष महत्वका साथ हेर्छ : प्रधानमन्त्री

सधारणसभा सकिएको केहि समयमा संघको बन्दसत्र सुरु भएको थियो । बन्दसत्र सकिएपछि आजै नयाँ कार्यसमितिको निर्वाचनको कार्यक्रम सुरु हुनेछ ।