वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी सरगर्मी बढ्यो : चारै प्यानल अन्तिम शक्ति प्रर्दशनमा

news-details

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको शुक्रबार हुन गैरहेको २९ औ साधारणसभा तथा निर्वाचनको पूर्वसन्ध्यामा आज उम्मेदवारी दिएका चारवटै प्यानलले अन्तिम भेला आयोजना गर्दै आफ्नो शक्ति प्रर्दशन गरेका छन ।

संघको आगामी नेतृत्वका लागि कुमुद खनाल, राजेन्द्र भण्डारी, डा. इश्वर जि.सी र भुवनसिं गुरुङ छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन । चारवटै प्यानलले अहिले छुट्टाछुट्टै स्थानमा अन्तिम चुनावी सभा गरिरहेका छन ।

अहिले खनाल समूहले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादब, पुर्वमन्त्री रमेश लेखकलगायतका नेताहरु ल्याएर स्काई ब्याङक्वेट सामाखुसीमा कार्यक्रम गरिरहेको छ ।

यता भण्डारी समूहले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र संघका पूर्वअध्यक्ष समेत रहेका एमाले सांसद एलपी सावा लिम्बुको उपस्थितीमा अनुपम फुडल्याण्ड बत्तिसपुतलिमा चुनावी सभा गरिरहेको छ ।

यस्तै जि.सी समूहले लर्ड पार्टी भेन्यु धुम्वाराहीमा नेकपा माओवादीका सचिव देव गुरुङ र पूर्वमन्त्री रामेश्वर राय यादव ल्याएर चुनावीसभा गरिरहेको छ ।

गुरुङ समूहले पनि दियालो फुडल्याण्ड बसुन्धरामा आफ्नो अन्तिम चुनावीसभा कार्यक्रम गरिरहेको छ ।

चारवटै समूहले अग्रज ब्यवसायी तथा आफु आवद्ध दलका नेता ल्याएर आफ्नो पक्षमा मत तान्न खोजेका छन् ।

यो पनि पढनुहोस्

मेनपावर व्यवसायी संघको चुनावी रौनक: खनाल, भण्डारी, जिसी र गुरुङ भिड्दै, को-को छन् उम्मेदवार?

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *