नीति नियमलाई समय सापेक्ष बनाउन र नीतिगत रुपमै सुधार ल्याउन मेरो उम्मेदवारी : भुवनसिं गुरुङ

news-details

मैले वैदेशिक रोजगार व्यवसायी संघमा सदस्यदेखि द्धितिय उपाध्यक्षसम्म विभिन्न पदमा रहेर काम गरिसकेको छु । १२ वर्ष संघको विभिन्न पद र जिम्मेवारीमा रहेर व्यवसायीहरुको सेवा गरिसकेको हुनाले यसपाली अहिलेसम्मको अनुभव लिएर नेतृत्वका लागि अगाडि बढेको हुँ ।

वैदेशिक रोजगार व्यवसायको क्षेत्र व्यवस्थित, मर्यादित, पारदर्शी र सुरक्षित बनाउन सबैभन्दा पहिला नीतिगत सुधारमै ध्यान दिनुपर्ने आवश्यक्ता छ । नीति नियमलाई समय सापेक्ष बनाउन नीतिगत रुपमै सुधार ल्याउनुपर्ने भएकाले यसका लागि पहल गर्न र यसलाई गन्तव्यमा पु¥याउनलाई नै संघको अध्यक्षमा मेरो उम्मेद्वारी हो ।

वैदेशिक रोजगारको मुख्य समस्या भनेको एकलौटी निर्णय हो । हामीले कुनै पनि कामदारले भनिए बमोजिमको सेवा सुविधा पाएन भने जिम्मेवारी लिएका छौ । तर, कुनै कामदार आएर उजुरी हालेकै भरमा व्यवसायीलाई जुन दुःख दिने काम भैरहेको छ यो गलत छ । यसका लागि सही तथ्य के हो, यथार्थ के हो भनेर स्पष्ट हुन संघले नै एउटा समिति गठन गरिदिएको खण्डमा कामदार र व्यवसायी दुवैले राहत पाउने थिए । त्यो खालको समन्वयकारी भूमिका खेल्नलाई पनि संघको नेतृत्वमा मेरो दावी हो ।

संघलाई संघ जस्तो बनाउनुपर्छ । यहाँ व्यक्ति हावी भएको कारणले संघ ओझेलमा प¥यो । संघले हदै गरे व्यवसायीलाई ६ महिनाको निलम्बन गर्ने हो । यसबाट केही हुनेवाला छैन । संघ हाम्रो अभिभावक हो भन्ने खालको महसुश गराउने कार्यसमिति संघलाई चाहिएको छ । यस्तै व्यवसायीहरुले दैनिक विभिन्न समस्याहरु भोगिरहनु परेको छ । ती समस्या सुन्ने र व्यवसायीको लागि आवाज उठाँउने संस्था पनि छ है भनेर व्यवसायीहरु संघमा आउने वातावरण बनाउने मेरो प्रण छ ।

हिजो कोभिड १९ का कारण वैदेशिक रोजगार व्यवसाय नै ठप्प भैरहदा पनि बार्षिक १०० जना कामदार नपठाए व्यवसाय रिन्यु नहुने व्यवस्थाका कारण अधिकांश व्यवसाय बन्द हुने अवस्थामा पुगेको थियो । यो अवस्थामा मेनपावर कम्पनी नविकरण गर्ने व्यवस्था बनाउन मैले पनि सकेको योगदान पुर्याएको छु ।

१२ वर्षसम्म संघमा बसिरहदाँ सबै व्यवसायीलाई बचाउनुपर्छ र उनीहरुको जिम्मेवारी लिनुपर्छ भन्ने मात्र मैले सोचे । सबै व्यवसायी बाच्नुपर्छ र सम्मानपूर्वक रुपमा व्यवसाय गर्न पाउनुपर्छ भन्ने मेरो धारणा रहेको छ ।

यो पेशालाई नजिकबाट बुझेको र संस्थासँग नजिक भएको कारणले सबै व्यवसायीहरुको धारणा के छ भने भुवनसिंह गुरुङलाई पठाउदाँ हामीले केही सुरक्षित महसुश गर्न सक्छौ कि ? व्यवसायमा सहजता आउला कि ? परिवर्तन ल्याउन सकन्छ कि ? भन्ने जुन खालको वहाँहरुले विश्वास र आश राख्नुभएको छ त्यसलाई म टुटन दिने छैन । हिजोको दिनमा पनि मैले दिनरात नभनी व्यवसायीहरुमाझ बसेर काम गरिसकेको हुनाले वहाँहरुले माघ ६ गते मसहित मेरो टिमलाई जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु ।

मैले हिजो संघमा द्धितिय उपाध्यक्ष पदमा काम गर्दैगर्दा १०४० संस्थागत उजुरी थियो र त्यसलाई मिलाउन जसरी म लागिरहे यसबाट पोलेसी लेबलमा नै साच्चिकै परिवर्तन गर्नुपर्छ भन्ने अनुभव र ज्ञान मैले आर्जन गरे । त्यसैले म अध्यक्ष भएसकेपछि तपाईहरुका सानातिना समस्या नीतिगतरुपमै समाधान गर्ने अठोट लिएको छु ।

अर्को कुरा अहिले बजारमा जुन यो आधिकारिक प्यानल हो, यो होइन भन्ने हल्ला छ यसमा कोही पनि भ्रममा नपर्नुहुन मेरो आग्रह छ । यो २९ औ साधारण सभा हो र लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले दिएको टिकट नै मसँग छ । बहुमत कार्यसमितिको समर्थन पनि मलाई छ । यसैले दुविधामा कोही पनि नपर्नुहोस् र यसको बैधानिकता र आधिकारिक के भन्ने कुरा मनैबाट सोचेर माघ ६ गतेको चुनावमा हाम्रो प्यानललाई विजयी गराउनुहोला ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *