सबैभन्दा पहिला नीति–नियम परिमार्जनका लागि पहल कदमी लिनेछु : राजेन्द्र भण्डारी

news-details

सबैभन्दा पहिला वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन नीति स्पष्ट हुनुपर्छ । वैदेशिक रोजगारसँग सम्बन्धित नीति नियम र जति कानुनहरु छन त्यसलाई प्रष्ट बनाइनुपर्छ । वैदेशिक रोजगार व्यवसायीहरुलाई रेगुलेट गर्न बनेको ऐन नियम प्रष्ट छैन, अंकुश लगाइएको छ जसका कारण व्यवसायीले व्यवसाय गर्न कठिन रहेको अवस्था छ । सरकार आफु नीति प्रष्ट बनाउदैन र व्यवसायीलाई लाञ्छना लगाइरहन्छ । सरकारले जहिलेपनि हलो अड्काएर गोरु कुट्ने काम मात्र गरिरहेको छ । त्यसैले यसलाई प्रष्ट बनाउनको लागि हाम्रो समुहको पहिलो पहल हुनेछ । यसलाई समय सापेक्ष बनाउनुपर्छ भन्ने हाम्रो प्रष्ट अडान छ ।

यसमा एनजिओ आएनजिओले बढी हस्तक्षेप गरेको देखिन्छ । हामीले विगतदेखि भन्दै आएको पनि त्यही हो । हाम्रो पार्टीको सरकार हुदा पनि कतिपय कुराहरु उठान गर्दा त्यो पूर्णरुपमा सम्बोधन नभएको अवस्था छ । त्यसमा राज्यले पनि नबुझेको होकी भन्ने लाग्छ । व्यवसायीहरुलाई जतिखेर पनि अप्ठ्यारो पार्ने नीतिहरु मात्र बनाइयो । व्यवसायीको हित विपरितका नीति नियमहहरु संशोधन गर्न हामीले पहिलेदेखि नै सरकार समक्ष पटक पटक पहल गरेका छौ ।

सरकारले जिरो कष्टमा कामदार पठाउ भन्छ अनि फेरि व्यवसायीहरुलाई चाहि २ करोड धरौटि राख्न लगाउँछ । अन्य देशहरुबाट पनि केहि खर्च लिएर बैदेशिक रोजगारमा कामदार पठाउँने व्यवस्था छ । कुनै पनि काम गरिसकेपछि सेवाशुल्क सबैले पाउँछन् र हामीले पनि पाउनुपर्छ । हामीलाई कमसेकम एक महिनाको पारिश्रमिक बराबर सेवाशुल्क लिन पाउने व्यवस्था गरिनुपर्छ । यसमा हामीले राज्यलाई झक्झक्याइरहेका छौ तर सम्बोधन हुन सकिरहेको छैन । त्यो तालमेल नमिल्नाको कारण कामदार पनि मारमा परेका छन र राज्य पनि ठगिएको छ ।

हामीले व्यवसायीका समस्या समाधान गर्ने गरी योग्य र उपयुक्त समूह अगाडि सारेका छौ । सम्पुर्ण व्यवसायीले आगामी ६ गते हुन गइरहेको निर्वाचनमा हाम्रो प्यानललाई यो जिम्मेवारी दिनुभयो भने म कानुनको पनि विद्यार्थी भएको नाताले सबैभन्दा पहिला नीति नियम परिमार्जनका लागि पहल कदमी लिनेछु । राज्यले हाम्रो कुरा सुनेन भने त्यस विरुद्ध फाइट पनि गर्नुपर्छ । हामी त्यसमा तयार भएर आएका छौ ।

हामी विशेषगरी सेवा इन्ड्रष्ट्रिजमा भएकाले हामी पनि सेवामैत्री हुनुपर्छ र हामीलाई सेवामैत्री हुने वातावरण पनि सरकारले बनाइदिनुपर्छ । त्यसकारणले अब हामी त्यसमा लाग्नुपर्छ । यस्तै आर्थिक रुपमा ट्रान्सप्यारेन्ट, छिटोभन्दा छिटो कामदार पठाउने र झन्झटिलो प्रकृया हटाउन र नीजि क्षेत्रलाई विश्वास गर्ने वातावरणका लागि हामी प्रतिवद्ध भएर लाग्ने छौ ।

अर्को कुरा संघलाई व्यवस्थित बनाउन र सम्पुर्ण व्यवसायीहरुको आस्थाको केन्द्रविन्दु बनाउन जरुरी छ । राज्यसँग र स्टेक होल्डरसँग मिलेर निरन्तर लविङ गर्न तथा कामदार, व्यवसायी र राज्य सबै पक्षलाई फाइदा हुने यो क्षेत्रलाई व्यवस्थित गर्न हामी प्रतिवद्ध छौ । त्यसैले सम्पुर्ण व्यवसायीहरुले गम्भीर भएर सोच्ने बेला आएको छ । वहाँहरुले हामीलाई त्यो जिम्मेवारी दिनुभयो भने त्यो काम हामी गर्छौ । यसलाई स्थायीत्व दिनको निमित्त सम्बन्धित निकायमा पहल गर्नेछौ ।

राज्यको स्पष्ट नीतिगत व्यवस्था नहुदा र युट्युवरका कारण हाम्रो व्यवसाय एकदमै असुरक्षित भएको अवस्था छ । सबै व्यवसायीलाई सुरक्षाको महशुस गराउन संघले अब त्यो पहलकदमी लिन सक्नुपर्छ । राज्यलाई घचघचाएर त्यस्ता कार्यहरु बन्द गरिनुपर्छ । यस कार्यका लागि हामी प्रतिवद्ध भएर अघि बढने बाचा गर्दछौ ।

हामीले वैदेशिक रोजगारीको अवसरहरु ल्याइरहदा राज्यलाई पनि योगदान पु¥याइरहेका छौ र ठूलो संख्यामा आन्तरिक रोजगारी पनि प्रदान गरिरहेका छौ । हामी व्यवसायीहरुले १७ अरब भन्दा बढी धरौटी रकम राज्यको ढुकुटीमा राखेका छौ भने १ जना व्यवसायीले १५ जनासम्म मानिसलाई स्वदेशमा रोजगारी दिएको अवस्था छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गरिमामय इतिहासलाई कायम गर्नको निमित्त हामी जस्ता युवा व्यवसायीहरु तत्पर छौ । व्यवसायको हरेक अप्ठ्याराहरुमा हामी सारथी बन्नेछौ । सबैभन्दा पहिला व्यवसायलाई सुरक्षित महसुश गराउने छौ । ऐन, नीति नियममा भएको अस्पष्टताबारे राज्यका अंगहरुलाई बुझाउने कोशिस गर्नेछौ ।

संघको आफ्नै इतिहास छ त्यसलाई कायम गर्न र आम व्यवसायीहरुको आस्था जोगाउनको लागि हामी छिट्टै कार्ययोजना लिएर आउँछौ । त्यो कार्ययोजनामा सम्पुर्ण व्यवसायीहरुलाई अटाउने छौ, अग्रजहरुलाई सम्मान गर्ने छौ, नयाँपुस्ताका व्यवसायीहरुलाई समेत यो व्यवसाय र संघप्रति आस्थावान बनाउनको लागि हामी महत्वपूर्ण भुमिका खेल्नेछौ ।

सबैको सल्लाह–सुझाव लिएर स्पष्ट कार्ययोजना बनाएर र यो व्यवसायको क्षेत्रलाई सुरक्षित बनाउने खाकासहित हामी अगाडि बढ्नेछौ । तपाई आम व्यवसायीहरुले आफ्नो अमुल्य मत दिएर हामीलाई विजयी गराउनुभएमा मतको ग्यारेन्टी स्वरुप हामी काम गरेर देखाउने छौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *