स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिन्छौ : नवनियुक्त श्रममन्त्री अर्याल

news-details

देशभित्रै रोजगारी सिर्जनालाई पहिलो प्राथमिकता दिने नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले बताएका छन । सकेसम्म स्वदेशमै रोजगारीको सिर्जना गराउने र बाध्यात्मक अवस्थामा मात्रै वैदेशिक रोजगारीमा जाने वातावरण निर्माण गर्न काम गर्ने मन्त्री अर्यालले बताएका हुन ।

सपथग्रहन लगत्तै पदवहालिका लागि सिंहदरबारस्थित श्रम मन्त्रालय पुगेका मन्त्री अर्यालले आजै राष्ट्रिय रोजगारको विषयमा भएको निर्णयमा हस्ताक्षर गरेको बताए । उनले मुलुकमा विद्यमान शिक्षा व्यवहारिक नभएकाले पनि समस्या उत्पन्न भएको बताए ।

‘हाम्रो शिक्षा व्यवहारिक नहुदा सर्टिफिगेटले मात्र रोजगार पाउने अवस्था भएन, यहाँ समस्या नै ट्रेन मेनपावर बनाउन नसक्नु रहेको देखियो’ मन्त्री अर्यालले भने –‘७५३ वटै स्थानिय निकायहरुमा श्रम मन्त्रालयको नेटवर्क बनिसकेको छ, त्यसलाई राम्रोसँग परिचालन गर्न सकियो भने हामीले ट्रेन मेनपावर तयार गर्न सक्छौ, तालिमप्राप्त जनशक्तिलाई स्वदेशमानै धेरै रोजगारको अवसर पनि छ ।’

मन्त्री अर्यालले विदेशमा अलपत्र परेका नागरिकहरुलाई छिटोभन्दा छिटो उद्धार गर्न तथा स्वदेश ल्याउन ढिलाई भइरहेका शव झिकाउन आफु प्रतिवद्ध भएर लागे बताए । ‘आजदेखि नै डाटाहरु हेर्छु, शवहरु पनि अलपत्र भएको कुरा छ, त्यो के कारणले ल्याउन सकिएको छैन यसलाई अध्ययन गर्छौ’ मन्त्री अर्यालले भने ।

यस्तै वैदेशिक रोजगारीमा पठाउदा सुरक्षित बनाएर पठाउन चुनौति छ भनेर डराउन नहुने बताउदै उनले भने –‘समस्याको जड कहाँ छ त्यो चाँहि पत्ता लगाउनुप¥यो भन्ने मेरो बुझाइ हो, जड पत्ता लागेपछि समस्या समाधान गर्न सकिन्छ र गर्ने पनि हो । कानुनीरुपमा पनि यो त्यति गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन ।’

नीजि क्षेत्रलाई सरकारले सम्मानका साथ व्यवसाय गर्न दिनुपर्ने बताउदै मन्त्री अर्यालले वैदेशिक रोजगार व्यवसायको पेशा सुन्दर बनोस् भन्ने आफ्नो चाहना रहेको बताए । ‘वैदेशिक रोजगारको क्षेत्रमा मात्रै होइन बिभिन्न क्षेत्रहरुमा समस्या छ, तर यसलाई सुधार्न सकिन्छ’ उनले भने –‘यसमा चाँहि व्यवसायी र मन्त्रालयको ग्याप होकि जस्तो लाग्छ, सबै पक्षबीच सुमधुर सम्बन्ध हुनुपर्छ, विधानसम्बत तथा कानुन सम्बत अघि बढनुपर्छ, केहि समस्या भए त्यसलाई सुधार्न हामी सबै मिलेर लबिङ गर्नुपर्छ ।’

श्रमिकको सामाजिक सुरक्षाकोषको विषयमा पनि आफुले अध्ययन गरेको बताउदै मन्त्री श्रेष्ठले रोजगारी पाएकाहरु मात्र हैन बेरोजगार मान्छे पनि सुरक्षित हुनुपर्ने बताए । ‘सुरक्षा भनेको स्वदेशमा होस् या विदेशमा होस हुनुपछर्, मेरो प्रयास भनेको हरेक मान्छे सुरक्षित हुनुपर्छ र नागरिकको हैसियतले सबैले समान सुरक्षा पाउनुपर्छ भन्ने हो’ मन्त्री अर्यालले भने ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

One thought on “स्वदेशमै रोजगारी सिर्जनालाई प्राथमिकता दिन्छौ : नवनियुक्त श्रममन्त्री अर्याल

Leave a Reply

Your email address will not be published. Required fields are marked *