हरेक वर्ष १८ डिसेम्बरमा मनाइदै आएको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस यसवर्ष साताव्यापी कार्यक्रमसहित मनाइने भएको छ । ‘वैदेशिक रोजगारबाट प्राप्त सीप, पूँजी र ज्ञानः उद्यमशीलता,रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नाराका साथ साताव्यापी कार्यक्रमसहित दिवस मनाउने तयारी गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले डिसेम्बर १६ देखि २२ सम्म विभिन्न कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाउन लागेको र यस दिवसलाई प्रदेश तथा स्थानीय स्तरसम्म पु¥याउन यी दुवै तहका सरकारको अगुवाईमा सरकारी निकायहरु, वैदेशिक रोजगार सम्वद्ध संघसंस्था, राजनैतिक दल, नागरिक समाज, गैरसरकारी एवं नीजि संघसंस्था, ट्रेड युनियन, संचारमाध्यम तथा आप्रवासी श्रमिक र उनीहरुका परिवारसमेतको सहभागितामा विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

मन्त्रालयमा आयोजित अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस–२०२२ मूल समारोह समितिको पत्रकार सम्मेलनमा बोल्दै सचिव एकनारायण अर्यालले आप्रवासन दिवसलाई भव्य रुपले मनाउन ७५३ वटै स्थानिय पालिका, संघीय सरकारका निकायहरु र नीजि संघसंस्थाहरुसँग समन्वय गरिने बताए ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवश–२०२२ साताव्यापी कार्यक्रमसहित मनाइदै

सो अवसरमा सचिव अर्यालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउदै फर्मल च्यानलबाट रेमिट्यान्स भित्रने र उत्पादनमूलक काममा प्रयोग हुने वातावरणका लागि मन्त्रालयले काम गरिरहेको बताए । ‘हामीले बैदेशिक रोजगारमा गएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने निर्णय गरिसकेका छौ भने गन्तव्य मुलुकबाटै श्रम स्वीकृति अनलाइन रिन्यु गर्ने व्यवस्था गरेका छौ’ उनले भने –‘इमिग्रेसनसँग कनेक्ट, वैदेशिक रोजगार सुचना प्रणालीको सुरुवात गर्ने र राष्ट्रिय स्तरको भोकेशनल स्किल डेभ्लोप्मेन्ट एकेडेमी स्थापना गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’

यस्तै वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्धारीका उप्रेतीले विदेशबाट फर्किएका कामदारलाई नेपालमै रिस्टेट गर्ने गरेर रिइन्ट्रिगेसन प्रोग्राम सञ्चालन गरिएको जानकारी दिदै करिब १५० वटा पालिकाहरुसँग बोर्डले सहकार्य गरेर बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुलाई स्थानिय तहमै व्यवस्थापन गर्ने काममा जुटेको बताए ।

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवश–२०२२ को ‘राष्ट्रिय आब्हान पत्र’

अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवश–२०२२ साताव्यापी कार्यक्रमसहित मनाइदै
अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवश–२०२२ साताव्यापी कार्यक्रमसहित मनाइदै