हिमालय परमगुरु भगवान श्री ओशोको जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

गत आईतबार काठमाडौंको सामाखुशीमा लायन्स क्लब अफ काठमाडौं रक्तदाता समुह र ओशोधारा संघ नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । एक महान् गुरु दार्शनिक ओशो जसले संसारलाई बाँच्ने सही तरिका सिकाए उनै ज्ञानका महासागर ओशोको जन्मदिनको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिए ।

परमगुरु ओशोको जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना
कुनै एक व्यक्तिको रगतले अन्य दुई बिरामीको ज्यान बचाउँन सकिने हुनाले रक्तदानलाई जीवनदान पनि भन्ने गरिन्छ त्यही कारणले रगत अभाव भई तड्पिएर बसेका बिरामीहरुलाई सहज ढंगले रगत परिपूर्ति गर्नका लागि नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौ रक्तदाता समुहका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेको सक्रिय भुमिका रहेको छ ।
परमगुरु ओशोको जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना
कसैले आफ्नो जन्मदिन अथवा कुनै पनि शुभ अवसरमा रक्तदान जस्तो पुन्य कार्य गरी मनाउन आग्रह गर्दै उनले कसैले रक्तदान गर्न चाहेमा आफू लगायत आफ्नो टिमको साथ र सहयोग रहने जानकारी दिए ।

कार्यक्रममा आनन्द बिनोद, सुदर्शन जोशी (तेजस्वी), किशोर चाँपागाई (गुरु), गजल वाचक नवराज भट्ट, समाजसेवी श्वेता श्रेष्ठ, समाजसेवी गीता विष्ट लगायत उच्च पदस्थ, आचार्य, जलधारा टोल सुधार समितिका अध्यक्ष तथा साधक, साधिकाको हरुको विशेष उपस्थित रहेको थियो ।

परमगुरु ओशोको जन्मदिनको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना
त्यस्तै कार्यक्रममा ओशोधारा संघ नेपालका अध्यक्ष आचार्य श्री ओशो अखण्ड ज्यु ले समेत रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमबाट जम्मा १७ पिन्ट रगत संकलन भएको जानकारी दिदै नेपाल स्वयंमसेवी रक्तदाता समाजका अध्यक्ष न्यौपानेले प्राविधिक टोली पठाई कार्यक्रममा सहयोग पु¥याएकोमा भक्तपुर रक्तसंचारलाई
धन्यवाद व्यक्त गरे ।