गत मंसिर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचनमा बिजयी भएका पूर्वव्यवसायीहरुलाई नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।

संघले एक कार्यक्रमको आयोजना गर्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेका झापा क्षेत्र नं. ४ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित एल.पि. सावा लिम्बु र बारा क्षेत्र नं. ४ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई बधाई तथा शुभकामना ज्ञापन गरेको हो ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित पूर्वव्यवसायीहरुलाई संघको बधाई तथा शुभकामना

कार्यक्रममा बोल्दै नवनिर्वाचित प्रतिनिधीसभा सदस्य एलपी सावा लिम्बुले हिजोका दिनमा वैदेशिक रोजगारीको क्षेत्रमा सँगसँगै काम गरेको र यस क्षेत्रबारे जानकार रहेको हिसावमा संघले आफुहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

नीतिगतरुपमा वैदेशिक रोजगार व्यवसायको क्षेत्रका लागि काम भैरहेपनि जति हुनुपर्ने हो त्यो हुन नसकेको बताउदै लिम्बुले भने –‘यस क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन व्यवसायीहरु जुटनुभएको छ, त्यसका लागि आवश्यक नीति निर्माण गर्ने तहमा हामी सक्दो प्रयत्न गर्नेछौ ।’

प्रतिनिधीसभा सदस्यमा निर्वाचित पूर्वव्यवसायीहरुलाई संघको बधाई तथा शुभकामना

‘म गर्भका साथ भन्न चाहन्छु कि, म यो क्षेत्रमा हिजोका दिनमा थिए र आज पनि यो क्षेत्रको कुरा कसैले बुझेको छ भने त्यो मैले ठिक ढंगमा बुझेको छु’ लिम्बुले भने –‘वैदेशिक रोजगार व्यवसायीहरुको समस्या र व्यवसायीहरुले मुलुकप्रति पु¥याएको योगदानबारे संसदमा चर्चा चलाउने छु ।’

अर्का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)ले आफु वैदेशिक रोजगार क्षेत्रको तालुकदार मन्त्रालयमा बसेर काम गरिसकेको हुदा यस क्षेत्रबारे पूर्ण जानकार रहेको बताउदै भर्खरै सम्पन्न निर्वाचनमा यस क्षेत्रका व्यवसायीहरुले दिएको सुभेच्छा र सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित पूर्वव्यवसायीहरुलाई संघको बधाई तथा शुभकामना

केहि समय आफुले पनि यस क्षेत्रमा रहेर काम गरेको विगत स्मरण गर्दै श्रेष्ठले भने –‘त्यो बेला र आज फरक परिस्थिती छ, त्यसमा राज्यलाई मात्र दोष दिएर हुदैन । तर यस क्षेत्रमा जति हुनुपर्ने हो त्यो भएको चाहि छैन ।’ उनले वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा संलग्न केहि व्यवसायीहरुका कारण राम्रो काम गर्नेहरु मर्कामा परेको भन्दै राम्रा काम गर्नेलाई सम्मान गर्दै गलत काम गर्नेहरुलाई ठिक ठाउमा ल्याउन पहल गर्नु आवश्यक रहेको बताए ।

प्रतिनिधीसभा सदस्यमा निर्वाचित पूर्वव्यवसायीहरुलाई संघको बधाई तथा शुभकामना

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकालले प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएकोमा लिम्बु र श्रेष्ठलाई आम व्यवसायीहरुकोतर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्दै वैदेशिक रोजगारमा जानै पर्ने अवस्था रहदासम्म यो क्षेत्रलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन आवश्यक रहेको बताए ।

उनले अघिल्लो संसदमा रहदा पनि लिम्बु र पूर्वमन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको क्षेत्रको आवाज बुलन्द गरेकोमा अब पनि यस क्षेत्रका समस्या समाधानमा लाग्नुहुनेमा आम व्यवसायी आशावादी रहेको बताए ।