आज डिसेम्बर ५ अर्थात् अन्तराष्ट्रिय स्वयम्सेवक दिवस विश्वभर भव्यताका साथ मनाईदै छ । मानवीय मुल्य मान्यता तथा मानव जीवन रक्षाका लागि विश्वभर रहेका स्वयम्सेवीहरुले गरेको योगदानको कदर गर्दै आजको दिन अर्थात् डिसेम्बर ५ तारिखका दिन विश्वभर यो दिवस मनाउँदै आइरहेको छ ।


प्राकृतिक विपत्ति होस् या आपतकालिन् विपत्ति जस्तोसुकै परिस्थितिमा पनि स्वयम्सेवा गर्न तयार हुने स्वयम्सेवीप्रति राज्यको ध्यान जान भने सकेको छैन । त्यसैकारणले गर्दा हाल नेपालमा थुप्रै तालिमप्राप्त स्वयम्सेवीहरु दिनानुदिन विदेश पलायन हुन थालेका छन्, त्यसलाई न्युनिकरण गर्नका लागि राज्यबाट केही पहल हुनसकेमा नेपालमा स्वयम्सेवीको संख्या बढ्ने र जस्तोसुकै विपत्तिमा पनि सहजै रुपमा पिडितको उद्धार सहज रुपमा गर्न सकिने स्वयम्सेवीहरु बताउँछन् ।

नेपालमा बेलाबेलामा विभिन्न महामारी विपत्तिहरु आईरहन्छन् र अहिले स्वयम्सेवकहरुको संख्यामा पनि केही ह्रास आईरहेको अवस्थामा नेपाल सरकारले प्रत्येक विद्यालयको पाठ्यक्रममा स्वयम्सेवक भन्ने पाठ्यक्रम राखी हप्ताको एक घण्टा भएपनि पढाउन सकेमा हरेक बालबालिकाहरुमा समेत स्वयम्सेवीको भावना दीर्घकालिन रुपमा आउने नेपालका स्वयम्सेवीहरु बताउँछन् । साथै प्रविधिको विकास भएसँगै स्वयम्सेवकहरुलाई बेलाबेलामा तालिम दिनुपर्ने नेपाल सरकार समक्ष स्वयम्सेवकहरुको आग्रह छ ।


त्यस्तै नेपाल स्वयम्सेवी रक्तदाता समाजका अध्यक्ष तथा लायन्स क्लब अफ काठमाडौं रक्तदाताका चार्टर प्रेसिडेन्ट लायन केदारप्रसाद न्यौपानेले अन्तराष्ट्रिय स्वयम्सेवक दिवसको शुभकामना दिदैं आफूले लामो समयदेखि स्वयम्सेवाको क्षेत्रमा काम गर्दै आएको र आगामी दिनहरुमा पनि यस कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।








