नेपाली युवा उद्यमी मञ्च (NYEF) र लिडरसिप एकेडेमी नेपाल (LAN) ले लर्निंग एण्ड डेभ्लोपमेन्टको क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले काठमाडौंको मण्डिखाटार स्थित ल्यानको कार्यलयमा आयोजित विशेष कार्यक्रमका बिच समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
NYEF का अध्यक्ष रितेश लामिछाने र LAN का प्रमुख कार्यकारी अधिकृत अरुण आर. जोशीले सम्बन्धित संस्थाको तर्फबाट २३ नोभेम्बर, २०२२ मा MOU मा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा NYEF का तत्काल निवर्तमान अध्यक्ष उदीप श्रेष्ठ, NYEF का प्रथम उपाध्यक्ष सुश्री सहारा जोशी, NYEF सदस्य श्री निर्देश द्वा, LAN का COO श्री जयेन्द्र रिमाल र LAN का सुमन न्यौपानेको उपस्थिति रहेको थियो ।









