श्रमिकले अनलाईबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउन श्रममन्त्री कुँवरको आग्रह

news-details

वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाहलाई छिटो छरितो एवम् व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या र वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा सम्बन्धित सरोकारवाला निकायसँग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलले छलफल गरेको छ ।

छलफल कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाईबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरिय बनाउनका लागि सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन । प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरिय र प्रधावकारी ढंगले जनता समक्ष पुग्ने गरी काम गर्न मन्त्री कुँवरले सम्बन्धित निकायलाई आग्रह गरेका हुन ।

कुनै पनि बेला कुनै पनि श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्ने गरी काम गर्नु सबैको दायित्व भएको मन्त्री कुँवरले बताए । ग्रामिण भेगबाट सेवा लिन आउने सेवा ग्राहीले समेत यो राज्य मेरो पनि हो है भन्ने खालको अनुभूति हुनेगरी काम गर्न सबै कर्मचारी र सरोकारवाला निकायलाई उनले आग्रह गरे । अहिले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाईन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको उनको भनाई छ ।

वैदेशिक रोजगारमा जादा ९ लाखसम्म ठगिएका गुनासो आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र स्वयं कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो न्यूनिकरणमा लाग्ने उनले बताए । मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठुलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंकिङ प्रणालीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने बताए ।

अहिले सरकारले परिचयपत्र, इ पासर्पोट, श्रम स्वीकृत, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधी उपचार सेवा दिने जस्ता कामहरु अनलाईन बाटै गरिरहेको छ । त्यस्तै अनलाइनबाट दिने सेवामा सबैभन्दा प्रभावकारी श्रम स्वीकृत दिनेकाम भइरहेको छ ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग लगायतका कर्मचारीको सहभागि रहेको थियो ।

उनीहरुले आफुहरुले दिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि सबै विभागबाट एक, एक जना प्रतिनिधि मिलेर समिति समेत बनाएका छन । समितिले प्राविधिक रुपमा देखा परेका समस्यालाई पहिचान गरी समाधानका लागि पहल गर्ने काम गर्ने जनाइएकमो छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *