विदेश जादा विमानस्थलबाट २ सय डलरसम्म सटही सुविधा पाइने

news-details

मनी चेञ्जरहरूले विदेश भ्रमणमा जाने नेपालीहरूलाई राहदानी बापत दुई सय अमेरिकी डलर बराबर सटही सुविधा दिन पाउने भएका छन्।

डलर सञ्चितिमा दबाब परेसँगै राष्ट्र बैंकले मनी चेञ्जरमार्फत् विदेश भ्रमणको लागि पाइने डलर भुक्तानीमा कडाइ गरेको हो।

भारत बाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीहरूलाई बैंकहरूले भने राहदानीबापत प्रति पटक एक हजार पाँच सय वा सो बराबरको परिवत्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सक्ने व्यवस्था छ।

यस्तो सटही सुविधा एक वर्षमा २ पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *