हिमालय एअरलाइन्सको आठौं गन्तब्य काठमाडौं–कुवेत सीधा उडान शुरु

news-details

नेपालको नीजि क्षेत्रको बायु कम्पनी हिमालय एअरलाइन्सले काठमाडौं–कुवेत–काठमाडौं सीधा उडान सुरू गरेको छ । अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एअरलाइन्सले आफ्नो गन्तव्य विस्तार गर्दै आठौँ गन्तव्यका रूपमा कुवेतमा उडान सञ्चालन गरेको हो ।

गल्फ देश मध्ये छैठौं सिटीका रुपमा कुवेतका लागि हिमालय एयरलाइन्सले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको एक विज्ञप्ती जारी गर्दै जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत शुक्रबार राति २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिवार बिहान ०९ः१७ बजे काठमाडौं अवतरण गरेको थियो ।

हिमालयको नयाँ गन्तब्य कुवेतको उडान उद्घाटन कार्यक्रममा विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर र अन्य विशेष अतिथिको उपस्थिति रहेको थियो ।

एअरलाइन्सले एयरबस ३२० विमानले हरेक शुक्रबार काठमाडौंदेखि कुवेत र हरेक शनिबार कुवेतदेखि काठमाडौं उडान सञ्चालन गर्ने जनाएको छ । अरबी प्रायद्वीपको देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीका लागि महत्वपूर्ण गन्तव्य हो ।

नेपाल र कुवेतबीच मैत्रीपूर्ण तथा सौहार्दपूर्ण सम्बन्ध रहेकामा हिमालय एअरलाइन्सद्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने कम्पनीको विश्वास छ । नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो ।

हिमालय एयरलाइन्स काठमाडौंलाई कुवेतसँग सिधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी भएको कम्पनीले जनाएको छ । कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै हिमालयको काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरूआत पनि सोही भावनाअनुरुप रहेको जनाएका छन् ।

कोभिड–१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्स्का लागि यस नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहजता प्रदान हुने अपेक्षा रहेको समेत श्रेष्ठले बताएका छन् ।

एअरलाइन्स्को एअरबस् ३२० लाई प्रयोग गरिने यस रुटको टिकट बुकिङ्गका लागि यात्रुहरूले हिमालय एअरलाइन्स्को बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *