लायन्स क्लब अफ काठमाडौं रञ्जनाको पदभार हस्तान्तरण कार्यक्रम सम्पन्न

news-details

काठमाडौं/ लायन्स क्लब अफ काठमाडौं रञ्जनाले २०२२/२३ का लागि नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको छ । गत मंगलबार काठमाडौंको खिचापोखरी स्थित क्लासिक तन्दुरीमा एक औपचारिक कार्यक्रम नै आयोजना गरी नयाँ कार्यसमितीलाई पदभार हस्तान्तरण गरेको हो ।
निवर्तमान अध्यक्ष राजकुमार कार्कीले नवनिर्वाचित अध्यक्ष पुर्णबहादुर कार्कीलाई आफ्नो पद हस्तान्तरण गर्दै कार्यभारको जिम्मा दिनुभएको हो ।
कार्यकालको शुभकामना दिनुहुँदै निवर्तमान अध्यक्ष कार्कीले आफ्नो कार्यकालमा धेरै सामाजिक कामहरु गरेकोे र नयाँ कार्यसमितीले पनि उक्त कार्यलाई निरन्तरता दिदै संस्थालाई दिगो रुपमा अगाडि बढाउन आग्रह गर्नुभयो ।


त्यस्तै नवनिर्वाचित अध्यक्ष पुर्णबहादुर कार्कीले संस्थालाई उचाईमा पु¥याउन निरन्रतरत लागिपर्ने बताउनुहुँदै अघिल्लो कार्यकाल सफल रुपमा सम्पन्न गरेकोमा निवर्तमान अध्यक्ष सहितको कार्यसमितिलाई आभार प्रकट गर्नुभयो ।
नयाँ कार्यसमितिले अध्यक्षमा पुर्णबहादुर कार्की, उपाध्यक्षमा अमित श्रेष्ठ, सचिवमा नरेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा मुकुन्द अग्रवाललाई पद हस्तान्तरण गरेको हो । कार्यक्रममा पुर्ण कार्यसमितिको उपस्थित रहेको थियो ।


कार्यक्रममा जि.एल.टी कोर्डिनेटर लायन मुना थापा, चार्टर प्रेसिडेन्ट एवं डिष्ट्रिक चिफ लायन कृष्णप्रसाद पराजुली, पास्ट प्रेसिडेन्ट एवं डिपार्टमेन्ट चिफ लायन रामकुमार तिम्सीना, पास्ट प्रेसिडेन्ट एवं डिपार्टमेन्ट अफिसर लायन नरेन्द्र विष्ट, पास्ट प्रेसिडेन्ट एवं डिपार्टमेन्ट अफिसर लायन पदम निधी आचार्य, पास्ट प्रेसिडेन्ट एवं रिजन चेयर पर्सन एम.जे.एफ लायन धिरज श्रेष्ठ लगायतको विषेश उपस्थिती रहेको थियो ।


लायन्स क्लव अफ काठमाडौं रञ्जना विसुद्ध सामाजिक संस्था हो २५ जना कार्यसमिति रहेको उक्त संस्थाले स्थापनाकालदेखि नै सामाजिक क्षेत्रमा धेरै राम्रा कार्यहरु गर्दै आईरहेको छ र आगामी दिनमा पनि यस्तै कार्यहरु निरन्तर रुपमा गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *