श्रममन्त्री कुँवर र युएइका राजदूत नक्विबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध मजबुद्ध बनाउने विषयमा छलफल

news-details

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र नेपालका लागि संयुक्त अरब इमिरेटस (युएइ) का राजदूत साइद अल नक्विबीच भेटवार्ता भएको छ । राजदूत नक्वि मन्त्री कुँवरलाई भेट्न बुधबार मन्त्रालय पुगेका थिए ।

उनीहरुबीच नेपाल र युएईबीचको सम्बन्ध अझै मजबुद्ध बनाउने विषयमा छलफल भएको छ । युइएमा काम गर्ने नेपाली श्रमिकका समस्यालाई सहजिकरण गर्ने विषयमा पनि उनीहरुबीच कुराकानी भएको थियो ।

राजदूत नक्विलाई मन्त्री कुँवरले युएइबाट कामदारको विषयमा कुनै नयाँ प्रस्ताव आएमा दुई देशबीच आपसमा सरसल्लाह गरेर अगाडी बढ्ने जानकारी गराएका थिए । साथै उनले संयुक्त अरब इमिरेटसका ठुला लगानीकर्ताहरुलाई नेपालको पर्यटन उद्योग, हाइड्रोपावर, चिकित्सा शिक्षा, इजिनियरिङ र सेवा क्षेत्रमा लगानी गर्न आव्हान समेत गरेका छन ।

भेटमा मन्त्री कुँवरले केही समयपछि युएइका मन्त्रीलाई नेपाल भ्रमणमा आउनका लागि निमन्त्रणा पठाउने जानकारी गराएका छन । युएइका मन्त्रीलाई नेपाल भ्रमणमा बोलाएर त्यहाँ रहेका नेपाली कामदारका समस्या र न्यायको क्षेत्रमा विस्तृत रुपमा छलफल गर्ने योजना भएको मन्त्री कुँवरले बताए ।

युएईका राजदुत नक्विनले आफुलाई समय दिएर भेटवार्ता गर्ने अवसर दिएकोमा मन्त्री कुँवरलाई धन्यवाद दिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *