नेपाल प्रहरीमा असई र जवान पदका लागि थप विज्ञापन खुल्यो

news-details

नेपाल प्रहरीमा प्रहरी सहायक निरीक्षक (असई) र जवान पदमा गत साल खुलेकाे विज्ञापनमा केही संख्या थप गरे पुनः सूचना प्रकाशन गरिएको छ ।

आज आइतबार प्रहरी प्रधान कार्यालयले एक सूचना प्रकाशन गर्दै ४४३ जना असई र २ हजार ४७४ जना प्रहरी जवानका लागि विज्ञापन खोलेको जानकारी दिएकाे हो ।

उक्त विज्ञापन गत साल नै प्रकाशित भए पनि रोकिएको थियो । गत २०७८ असोज २२ गते प्रकाशित विज्ञापनमा ३६७ जना असई माग गरिएको थियो । त्यसमै ७६ जना थप गरी हाल कुल ४४३ जना असई माग गरेको उक्त सूचनामा जनाइएको छ ।

यसैगरी गत २०७८ मंसिर १० गतेको विज्ञापनमा १ हजार ९७१ जना प्रहरी जवान माग गरिएकोमा त्यसयता रिक्त हुन पुगेका ५०३ जना थप गरी कुल २ हजार ४७४ जना प्रहरी जवान माग गरिएको छ ।

यद्यपि उक्त थप गरिएकाे संख्याका लागि पुनः नयाँ उम्मेदवारहरूले आवेदन दिन पाउने हाे या हाेइन भन्नेबारे केही खुलाइएकाे छैन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *