रोजगारीका लागि दक्षिण कोरिया पुगेका १३ जना नेपाली पक्राउ

news-details

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका १३ जना नेपाली पक्राउ परेका छन् ।

अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरेको बताइएको छ । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोप उनीहरूलाई छ । यद्यपि, पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलाइएको छैन ।

कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *