वन्डर उमन र काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा निशुल्क स्वास्थ्य शिविर

news-details

लायन्स क्लब अफ काठमाण्डौ वन्डर उमन तथा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आयोजनामा कोलनीमा दुई दिने स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बिदुर नगरपालीका वडा नं ९ स्थित भैरुम माध्यामिक बिद्यालयको प्राङ्गणमा सम्पन्न निशुल्क स्वास्थ्य शिविरमा ८ सय ५८ जना नागरिकहरुले स्वास्थ्य सेवा लिगेका छन् । शिबिरमा ५ सय एक जना महिला र ३ सय ५७ पुरुष सहभागी थिए । सिबिरमा निशुल्क ल्याब सेवा, इसिजी सेवा, र भिडियो एक्सरे सेवा र निशुल्क औषधी बितरण गरिएको आयोजकले जानकारी दिएको छ ।

शिविरमा जनरल मेडिसिन , समान्य शल्यक्रिया, नाक कान घाँटी रोगको उपचार, हाडजोर्नी तथा नशा सम्बन्धी उपचार आँखा परिक्षण र दन्त उपचार लगायतका बिभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको लायन्स क्लब अफ काठमाडौं वन्डर उमनकी चार्टर प्रेसिडेन्ट मेघा तिमिल्सिनाले जानकारी दिनुभयो ।

लायन्स क्लब अफ काठमाडौं वन्डर उमन विसुद्ध सामाजिक सेवामा क्रियाशिल महिलाहरुको संस्था हो । विगत लामो समयदेखि लायन्स क्लब सँग सहकार्य गदै थुपै्र सामाजिक कार्यहरु जस्तै शौचालय निर्माण, सरसफाई, खाद्यन्न तथा लत्ताकपडा वितरण जस्ता कार्यहरु गर्दै आईरहेको छ र आगामी दिनमा समेत यस्ता कार्यहरु निरन्तर गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *