‘वातावरणको रक्षा हाम्रो दायित्व, हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ विश्व वातावरण दिवसको अवसरमा गत शनिबार काठमाडौंको बसन्तपुरबाट साईकल र्‍याली निकालिएको छ ।
माडवाडी युवा मञ्चको आयोजनामा आयोजित उक्त साईकल र्‍यालीमा वातावरणसँग सरोकार राख्ने विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।

विश्व वातावरण दिवसमा माडवाडी युवा मञ्चको आयोजनामा साईकल र्‍याली

र्‍यालीको उद्घाटन गर्दे काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिता डंगोलले प्रकृति रहे मात्र मानव जीवन रहने भन्दै प्रकृतिको संरक्षणमा लाग्न सबैसँग आग्रह गर्नुभयो । जलवायु परिर्वतनको असर अहिले विश्व समुदायले भोग्नु परेको भन्दै उहाँले वातावरण र प्रकृतिको संरक्षणमा जुट्दै यसको असर न्यूनिकरणमा लाग्नु पर्ने बताउनुभयो ।

विश्व वातावरण दिवसमा माडवाडी युवा मञ्चको आयोजनामा साईकल र्‍याली

मारवाडी युवा मञ्चका अध्यक्ष शैलेन्द्र शर्माले जलवायू परिर्वतनको असर नेपालमा पनि देखा पर्न थालेको र यसले मानवजीवनमा प्रत्यक्ष असर पारेको भन्दै युवा जगतलाई सचेत हुन आग्रह गर्नुभयो ।
काठमाडौंको वसन्तपुरदेखि सुरु भएको उक्त साईकल र्‍यालीमा बच्चादेखि वृद्धसम्मको उपस्थिति रहेको थियो ।